पोर्न साइटमा प्रतिबन्ध लगाउने ओलीको निर्णयमा बाबुरामको यस्तो टिप्पणी

मिडिया डबली संवाददाता प्रकाशित : शनिबार, अशोज ६, २०७५

काठमाडौं– नयाँ शक्ति नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ‘पोर्न साइट’ माथि प्रतिबन्ध लगाउने सरकारको निर्णयको स्वागत गरेका छन्।

बलात्कार र हिंसाका घटना न्युनिकरणका लागि भन्दै शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विज्ञप्ति जारी गरी यौनजन्य अश्लील सामग्रीमा सहज पहुँचलाई बन्द गर्न दुर सञ्चार प्राधिकरणलाई निर्देशन दिइसकेको र प्रकाशन, प्रशारण तथा सामाजिक सञ्जालमा शेयर नगर्न नगर्न आग्रह गरेको थियो।

उक्त निर्णयको चौतर्फी स्वागत भइरहेका बेला अमेरिका भ्रमणमा रहेका पूर्वप्रधानमन्त्री भट्टराईले पनि समर्थन गरेका हुन्।  ‘समाजमा व्याप्त विकृति र यौनजन्य हिंसा रोक्न पोर्न साइटमाथि प्रतिबन्ध लगाउनु राम्रो र आवश्यक कदम हो’ भट्टराईले ट्वीटरमा लेखेका छन्, ‘सरकारले दरो खुट्टा टेकोस्।’

पोर्न साइट मा निर्वाध पहुँचका कारण बलात्कार, हत्या जस्ता अपराध बृद्धि भएको निष्कर्षसहित सरकारले प्रतिबन्धको लगाउने निर्णय गरेको हो।