नेकपाकी मेयरको हर्कतः नगरपालिकाको गाडी विहेमा लगेर मोजमस्ती

प्रनिश थापा प्रकाशित : शुक्रबार, अशोज ५, २०७५

चितवन– सार्वजनिक सम्पत्तिको चरम दुरुपयोग स्वयम् मेयरले नै गर्छन् भने त्यसलाई के भन्ने अनि सार्वजनिक सम्पत्तिको खुलेआम दुरुपयोग हुँदा समेत प्रशासन रमिते हुन्छन् भने त्यसलाई चाहिँ के भन्ने। जनताले तिरेको करबाट लिएको सेवा सुविधाको एक नगरपालिकाका प्रमुखले चरम दुरुपयोग गर्ने गरेका छन्। घटना गएको असोज ३ गते मंगलबार संविधान दिवसका दिनको हो।

उक्त दिन नेपाल सरकारले देशैभर नै सार्वजनिक विदा दिएको थियो। तर, राप्ती नगरपालिकाकी ९तत्कालिन नेकपा एमालेबाट निर्वाचित० मेयर प्रभा बराल र उपमेयर इमानसिहं लामाले कानुनको धर्ज्जी उडाउदै नगरपालिकाको सवारीसाधन चरम रूपमा दुरुपयोग गरे। अरुलाई सरकारी सम्पत्तिको दुरुपयोग गर्नु हुन्न भनी पाठ पढाउनुपर्ने स्वयं मेयर साबहरु नगरपालिकाकै एक कर्मचारीको छोरीको विवाह भएको भन्दै मंगलबार रत्ननगरस्थित एक बिवाह घरमा सरकारी गाडी नै लिएर पुगेका हुन।

सामान्यतः कुनै पनि सरकारी सवारीसाधन सार्वजनिक बिदाको दिन बाहेक अन्य समयमा चलाउन पाइदैन, यदी चलाउनु नै पर्ने कुनै अत्यावश्यक काम भए सम्बन्धि प्रशासनसमक्ष अनिर्वाय रूपमा पास लिनु पर्ने हुन्छ। तर, पुर्वी चितवनको राप्ती नगरपालिका का मेयर, उपमेयर साहेब त्यस्को कुनै प्रवाह नै गर्दैनन्। मेयर प्रभा बरालले बा। २। झ। २६२९ र उपमेयर लामाले बा। २। झ। ३६६६ नम्बरको गाडी लिएर उक्त बिहे घरमा गएका हुन्। यस्ले गर्दा पनि सरकारी सवारीसाधनको दुरुपयोग हुने क्रम अझै नरोकिएको स्पष्ट हुन्छ।

नियमानुसार नगरपालिकाको उक्त गाडी कार्यालय प्रयोजनको लागि मात्रै प्रयोग गर्न पाइने स्पष्ट व्यवस्था भए पनि मेयरले कानुनको धोती लगाउदै बिवाहमा प्रयोग गर्ने गरेको पाइएको छ।म भएको जिकिर गरे। दुई तिहाईको सरकारले डराएर प्रेसलाई अंकुश लगाएको उनको टिप्पणी छ। पूर्वमन्त्री समेत रहेका केसीले प्रेस स्वतन्त्रता कुण्ठित भए लोकतन्त्र पनि नहुने बताए। ‘प्रेसलाई नियन्त्रण गर्नु भनेको जनतालाई सूचनाको हकबाट बञ्चित गराउनु हो’, उनले भने।
नेपाली काँग्रेस लोकतन्त्रको पक्षधर भएकाले प्रेस स्वतन्त्रता कुण्ठित गरिए कडा प्रतिवादमा उत्रने उनले स्पष्ट पारे। दुई तिहाईको सरकारले विकासको हावादारी सपना देखाएको उनको आरोप छ।