कञ्चनपुर प्रकरण बेवास्ता गर्दै मन्त्री बिना मगर विदेशमा सयर गर्दै

मिडिया डबली संवाददाता प्रकाशित : शनिबार, भदौ ९, २०७५

काठमाडौं – कञ्चनपुरको महेन्द्रनगरमा निर्मला पन्तको बलत्कार र हत्या प्रकरणको घटनाले उग्ररूप लिइरहेको बेला कम्युनिस्ट प्रधानमन्त्री केपी ओली नेतृत्वको खानेपानी मन्त्री छिन् बीना मगर । उनी सोही जिल्लाकी प्रतिनिधिसभाकी सांसद हुन् ।

मन्त्री मगर आफ्नो जिल्लाको समस्यमा समाधान गर्नुभन्दा पनि विदेश सयर गर्न पुगेकी छिन् । बिहीबार र शुक्रबार दुबईमा आयोजना भएको गैरआवसीय नेपाली संघ (एनआरएनए)को छैठौं मध्यपूर्व सम्मेलनमा सहभागी हुन बिना मगर बुधबार त्यसतर्फ प्रस्थान गरेकी हुन् ।

मगरले गत १६ साउनमा गृहमन्त्री रामबहादुर थापालाई भेटेर दोषीलाई कारबाही र पीडित परिवारलाई क्षतिपूर्ती दिलाउन माग गरेकी थिइन् । त्यसपछि उनी बेपत्ता छिन् ।

उता, आक्रोशित प्रर्दशनकारीले भीमदत्त नगरपालिका, जिल्ला ट्राफिक कार्यालय र भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टको घर तोडफोड गरेर क्षति पुराएका छन् ।

कञ्चनपुरको जिमुवा, बेल्डाँडी, बेलौरी, गुलरिया र लालपुरमा समेत स्थानीयले घटनाको विरोध गर्नुका साथै टायर बालेर बजार बन्द गराएका थिए ।