ओली सरकारको सातो लिन बाघ बनेर आउँदै छ तरुण दल, शनिबार काठमाडौं ठप्प बनाउने

मिडिया डबली संवाददाता प्रकाशित : शुक्रबार, साउन ४, २०७५

काठमाडौं – नेपाली कांग्रेसको भाृत संगठन नेपाल तरुण दलले कम्युनिस्ट सरकारको अधिनायकवादविरुद्ध काठमाडौंमा भव्य प्रदर्शन गओली सरकारको सातो लिन बाघ बनेर आउँदै छ तरुण दल, शनिबार काठमाडौं ठप्प बनाउनेर्ने भएको छ ।

तरुण दलले साउन ५ गते शनिबार दिउँसो काठमाडौंमा प्रदर्शन गर्न लागेको हो । तरुण दलले माइतीघर मण्डलामा दिउँसो एक बजे हुने विरोध प्रदर्शनमा सहभागी हुन् शुभेच्छुकहरूलाई अपील गरेको छ ।

डा. गोविन्द केसीको आन्दोलनमा समेत समर्थन जनाएको तरुण दलले विशेष गरेर सरकारको अधिनायकवाद र संविधान विपरितका गतिविधिको विरोधमा प्रदर्शन गर्न लागेको हो । तरुण दलले शनिबार गर्न लागेको प्रदर्शनबाट कम्युनिस्ट सरकारको निद हराम भएको छ ।