डा.केसीको विरोध गर्ने केपी ओलीको सातो लिइन् कोमल ओलीले, पूर्वएमालेभित्र खैलाबैला

मिडिया डबली संवाददाता प्रकाशित : शुक्रबार, साउन ४, २०७५

काठमाडौं – पूर्वएमालेकी राष्ट्रिय सभा सांसद कोमल ओलीले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारको आलोचना गरेकी छिन् । डा.गोविन्द केसीको आन्दोलनमा ओली सरकारले बल प्रयोग गरेकोमा सांसद ओलीले आपत्ति जनाएकी हुन् ।

सांसद ओलीले डा.केसीका मागहरू प्रक्रिया पुराएर पूरा गरिनुपर्ने बताइन् ।जुम्लामा अनशन बसेका डा.केसीलाई हस्तक्षेप गरेर काठमाडौं ल्याएकोमा सांसद ओलीले विरोध गरेकी हुन् ।

जुम्लामा भएको झडपमा डा.केसीका समर्थक घाइते भएका थिए । झडपमा गोली लागेर एकजना प्रहरी समेत घाइते भएका थिए । नेकपाकी सांसद ओलीले डा.केसीले उठाएका मागहरू जायज रहेको बताइन् । उनले भनिन्, ‘डा.गोविन्द केसीले उठाएका माग जायज छन् ।

तर, प्रक्रिया गलत छ ।’ उनले डा. केसीले उठाएका मागलाई सरकारले ल्याएको अध्यदेशमा संशोधन गरेर पूरा गरिनुपर्ने बताएकी छिन् ।