ओलीविरुद्ध कांग्रेसमात्र होइन नेकपाकै नेता विद्रोहमा, को हुन कमाण्डर ?

मिडिया डबली संवाददाता प्रकाशित : बिहिबार, साउन ३, २०७५

काठमाडौं – चिकित्सा शिक्षा विधेयक ल्याएर चौतर्फी आलोचनाको निशाना बनेका प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०भित्रै विद्रोह सुरु भएको छ।

नेकपाका अध्यक्ष समेत रहेका ओलीले मंगलबार मात्रै सरकारमामथि विपक्षीहरुले चौतर्फी आक्रामक गरिरहेको र पार्टीका नेता कार्यकर्ताले प्रतिवाद नगरेको भन्दै आक्रोश पोखेका थिए।

डा : गोविन्द केसीको अनशन, चिकित्सा शिक्षा विधेयक, कामचोर ठेकेदार र सिण्डिकेटलाई संरक्षण, मूल्यवृद्धि, महंगीलाई संरक्षण जस्ता विषयलाई लिएर प्रमुख प्रतिपक्षी कांग्रेस, नागरिक समाज, विवेकशील साझा पार्टी लगायतहरु विरोधमा उत्रिएका छन्। कांग्रेसले त देशव्यापी आन्दोलन नै घोषणा गरिसकेको छ।

यस्तो अवस्थामा आत्तिएका ओलीले मंगलबारको पार्टी बैठकमा प्रतिवाद गर्न नेता कार्यकर्तालाई निर्देशन दिए। तर उक्त निर्देशनपछि माधव नेपाल समूह विद्रोहमा उत्रिएको छ।

नेपाल समूहबाट भीम रावलले पार्टी एकीकरण गर्दा, सरकारमा बनाउँदा काविल, सक्षम नेताहरुलाई पाखा लगाएर आफ्ना मान्छे काखी च्याप्ने अहिले आएर अप्ठेरोमा प्रतिवाद गर्न भन्ने भन्दै जवाफ फर्काएका छन्। रावलले आफूहरु गोविन्द केसीकै समर्थनमा रहेको संकेत समेत गरेका छन्।

रावलका प्रेस सहयोगी एकीन्द्र कुवरले भनेका छन्, विपक्षीहरु एकजुट भएर सरकारमाथि आक्रमण गरिरहेको तर, कार्यकर्ताहरूले सरकारको प्रतिरक्षा नगरेको भन्दै गुनाशो गर्नसम्म भ्याउनु भए छ प्रधानमंत्री के पी ओलीले ।

पार्टी एकीकरणका नाममा सम्भावना बोकेका नेताहरूको तेजोबोध गरेपछि, दुई तिहाई बहुमत प्राप्त सरकार निर्माण गर्दा पुरै क्षेत्र माथि अन्याय गरेपछि, काविलहरूलाई पाखा लगाएर रत्नपार्कको बगैचामा तथानाम बोल्ने मुकुन्दे जस्तैहरूको झुण्ड तयार गरेपछि, सरकारी नियुक्ति धुप बत्तिका जननी र कविहरूलाई बुझाएपछि कार्यकर्ताले किन र कसरी सरकारको प्रतिरक्षा गर्नु सम्माननीय प्रधानमंत्री ज्यूरु तमाम कमजोरीका बावजूद पनि गफ कम र काम ज्यादा गरौ आक्रमण आफै निस्तेज हुन्छ।