कम्यूनिस्ट सरकारले ‘मानव अधिकार कुण्ठित’ हुने गरि निर्णय गरेकोले बालुवाटारमा प्रदर्शन हुदै

मिडिया डबली संवाददाता प्रकाशित : शनिबार, असार ३०, २०७५

काठमाडौँ- विभिन्न ठाउँमा प्रदर्शन गर्न निषेध गरिएको विरोधमा मानवअधिकार तथा शान्ति समाजले काठमाडौको बालुवाटारस्थीत प्रधानमन्त्री निवास अगाडी प्रदर्शन गर्ने भएको छ ।

 

 

एक हप्ता अगाडी देखि विभिन्न चरणका विरोधका कार्यक्रमहरु सुरु गरेको शान्ति समाजले दिउसो १ बजे प्रदर्शन गर्ने जनाएको छ ।  प्रधानमन्त्री निवास वालुवाटार ३ नम्बर गेट अगाडि निषेधाज्ञाको विरोधमा प्रदर्शन गर्ने कार्यक्रम रहेको शान्ति समाजका अध्यक्ष डा गंगाधर अधिकारीले जानकारी दिएका छन् ।

 

 

शान्ति समाजले यही असार ३२ गते सोमबार दिउँसो १ बजे नयाँ वानेश्वर संसद भवन अगाडि र साउन १ गतेदेखि काठमाण्डौँ उपत्यकाका विभिन्न स्थानहरुमा निरन्तर नागरिक सभा आयोजना गर्ने जनाएको छ ।

 

 

नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको वर्तमान सरकारले आधारभुत स्वतन्त्रता र मानव अधिकार कुण्ठित हुने गरि कतिपय निर्णय गरेकोले ती निर्णयहरुको विरोध र अनसनरत डा: गोविन्द केसीको समर्थनमा प्रदर्शन गर्न लागिएको अध्यक्ष अधिकारीले जानकारी दिए ।