भ्रष्टाचारमा बद्नामी कमाएका गणेश थापाले विवाहमा देखाए निच व्यवहार, झुक्यो पाहुनाहरूको शिर

मिडिया डबली संवाददाता प्रकाशित : बिहिबार, असार २८, २०७५

काठमाडौं – एन्फाको अध्यक्ष रहँदा करोडौँ रुपियाँ भ्रष्टाचार गरेको अभियोगमा निलम्बनमा परेका तथा विवादास्पथ छविका राप्रपाका नेता गणेश थापाले नेपाली कांग्रेसका युवा नेता रामहरि खतिवडालाई दुर्व्यवहार गरेका छन् ।

 

 

राप्रपाका अधयक्ष कमल थापाका भाई समेत रहेका गणेशले एन्फाभित्रको विवादको कुरालाई लिएर कांग्रेस नेता खतिवडामाथि अभद्र व्यवहार गरेका हुन् ।

 

 

विगतको संसदमा लेखासमितिको सदस्यका रुपमा अखिल नेपाल फुटबल संघ एन्फाको भ्रष्टाचारको बिरुद्धमा अन्तिम समयसम्म लागिपरेका खतिवडाको सोही भूमिकाको विषयलाई लिएर गणेश थापाले एक विवाह भोजमा हातपातको प्रयास गरेका हुन् ।

 

 

लेखा समितिले एन्फामा भएको ५९ करोड रुपैयाँ भ्रष्टाचारमा दोषीलाई कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको थियो । त्यस बेलाका रिस गणेश थापाले खतिवडासँग विवाह भोजमा निकाल्न खोजेका थिए ।

 

 

एन्फामा २० वर्षभन्दा बढी रजगज गरेका तत्कालीन अध्यक्ष गणेश थापाले कांग्रेसका सांसद विनोद चौधरीको छोराको विवाह भोजमा रिस देखाएका हुन् ।

 

 

चौधरी ग्रुपका संचालक अरुण चौधरीका पुत्र करण चौधरीको मंगलबार सोल्टी होटलमा आयोजित विवाह भोजमा पूर्वसांसद खतिवडा र गणेश थापालाई पनि बोलाइएको थियो ।

 

 

निम्तो मान्न गएका गणेश थापाले अर्का निम्तालु खतिवडालाई तँ भन्दै अमर्यादित रुपमा प्रस्तुत भएका थिए । उनले अखिल नेपाल फुटबल संघ एन्फाको भ्रष्टाचारको मुद्दा उठाएर आफूलाई फसाएको भन्दै खतिवडालाई आमाचकारी गालीगलौज गरेको प्रत्यक्षदर्शीले जानकारी दिए ।

 

 

थापाले खतिवडालाई माफी माग भन्दै तथानाम भन्न थालेपछि खतिवडाले लेखा समितिमा परेको उजुरी र प्राप्त डकुमेन्टले जे बोल्यो त्यही अनुसार गरेको हो किन माफी माग्ने भन्दै प्रतिवाद गरेका थिए ।

 

 

‘मसँग गल्ती भयो भनेर माफी माग’ भन्दै थापाले खतिवडालाई धम्क्याउँने र होहल्ला गर्दै झम्टिन थालेपछि वरिष्ठ अधिवक्ता शम्भु थापाले गणेशलाई खतिवडा भएको ठाउँबाट तानेर अन्तै लगेका थिए ।

 

 

लेखा समितिले मात्र होइन, अन्तर्राष्ट्रिय फुटवल महासंघ फिफाले भ्रष्टाचारकै आरोपमा थापालाई १० वर्ष निलम्बन गरेको छ । खतिवडाले भ्रष्टाचारको छानबिन गरी कारबाही गर्न निर्देशन दिएको कुराबाट आज पनि आफू पछि नहट्ने बताएका छन् ।

 

 

चौधरी ग्रुपको भोजमा सहभागी भएका अतिथिहरूले गणेश थापाले देखाएको ब्यवहारबाट निकै असहज महसुस गरेका थिए । फुटवलको सत्ता गएपनि व्यवहार भने अझै पनि सत्तासिन झै गरेकोमा थापाको धेरैले आलोचना गरेका थिए ।