मोदीले किन दिए प्रचण्डलाई एक्कासी भारत भ्रमणको निम्तो ?

मिडिया डबली संवाददाता प्रकाशित : बिहिबार, असार २८, २०७५

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ छिट्टै नै भारत भ्रमणमा जाने भएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्ड भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारत जान लागेका हुन् ।

स्रोतका अनुसार प्रचण्ड मोदीको विशेष निमन्त्रणामा साउन दोस्रो साता नयाँदिल्ली जाने बताइएको छ । दुई ठूला पार्टी एमाले र माओवादी मिलेपछि प्रचण्डलाई भारत भ्रमणको निम्तो आएको थियो ।

प्रचण्डलाई चीनबाट पनि भ्रमणको निम्तो आएको स्रोतले जनाएको छ । तर, प्रचण्डले पहिला भारतको भ्रमण गर्ने र पछि चीनको गर्ने बताइएको छ ।

प्रचण्ड भारत भ्रमणमा रहँदा भारतीय राष्ट्रपति, प्रधानमन्त्री, विदेशमन्त्री, गृहमन्त्रीलगायत प्रमुख पार्टीका अध्यक्षहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।