प्रधानमन्त्री केपी ओली र ने क पा बिरुद्द सर्वोच्च अदालतमा रिट अब के हुन्छ ?

मिडिया डबली संवाददाता प्रकाशित : बिहिबार, जेष्ठ ३१, २०७५

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा अाेलीले निर्वाचन अायाेगलार्इ हातमा लिदैँ कानून विपरीत नेपाल कम्युनिष्ट पार्टी (ने क पा) पार्टी दर्ता गराएपछि सर्वोच्च  अदालतमा रिट परेकाे छ।

एमाले र माओवादी केन्द्र एकीकरण भई बनेको ने क पा  दर्ता गर्ने निर्वाचन आयोगको निर्णय खारेज गर्न माग गर्दै सर्वोच्च रिट परेकाे हाे।

‘दल दर्ताका लागि सो पार्टीको केन्द्रीय समितिमा एक तिहाइ महिला सदस्य अनिवार्य हुनुपर्ने संविधान र दल दर्ता ऐनको किटानी व्यवस्था’ विपरीत सो पार्टीलाई दर्ता गर्ने निर्वाचन आयोगको निर्णय खारेज गर्न माग गरिएको छ। रिटमा संविधान र दल दर्ता ऐन बमोजिम सो दल र अन्य दलहरुलाई पनि दल दर्ता गर्न र गराउन तत्काल परमादेश जारी गर्न  माग गरिएको छ।।

संविधान र कानुनविपरीत रहेको भन्दै  वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र अधिवक्ता इन्दु तुलाधरले ने क पा दर्ता गर्ने निर्वाचन आयोगको निर्णय खारेज गर्न माग गर्दै बिहीबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्।