अख्तियारको प्रमुख आयुक्त पदका लागि ओली र प्रचण्डबीच हुने भयो महासंग्राम, यस्तो छ दुबै नेताको आ-आफ्नै अडान

मिडिया डबली संवाददाता प्रकाशित : बिहिबार, जेष्ठ ३१, २०७५

काठमाडौँ –  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको करिब चार महिनादेखि रिक्त रहेको प्रमुख आयुक्त पद पूर्तिको लागि सरकारले गृहकार्य अगाडी बढाएको छ ।

आयुक्त पदका लागि मुख्य रुपमा चार जना दाबेदार अगाडी आएका छन्। अन्य व्यक्ति पनि  दाबेदार भएपनि उनीहरुको नाम भने चर्चामा आएको छैन्।

आयोगमा नवीन घिमिरे हाल कामु प्रमुख आयुक्त छन् । आयोगको प्रमुख आयुक्त पदमा घिमिरे नै प्रमुख दाबेदार रहेको चर्चा भएपनि अहिले थप तीन जनाको नाम बाहिर आएको छ ।

अख्तियारको प्रमुख आयुक्तका लागि पूर्व मुख्य सचिव एवम् चीनका लागि नेपालका राजदूत लिलामणी पौडेल, गृह सचिव प्रेमकुमार राई र पूर्व गृहसचिव सूर्यप्रसाद सिलवालको नाम चर्चामा रहेको छ ।

नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली भने गृह सचिव राईलाई नै प्रमुख आयुक्त बनाउने सोचमा रहेका छन् ।

त्यस्तै, नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने पौडेललाई प्रमुख आयुक्त बनाउन चाहन्छन् । राजेन्द्र महतो आपूर्ति मन्त्री छँदा आपूर्ति सचिव रहेका सिलवाल पनि अथाहा पैसा कमाएर अख्तियार जान हतारिएका छन्।

त्यसो त कामु प्रमुख आयुक्त रहेका घिमिरेलाई प्रमुख आयुक्त बनाउनु पर्ने माग पनि नेकपा भित्रबाट उठिरहेको छ ।अाेली र प्रचण्डकाे अा- अाफ्नै अडानले नेकपाका नेताहरुमा एक किसिमेले त्रास नै फैलाएकाे छ ।

संसद नियमावली पास भएर प्रधानन्यायाधीशमा दीपकराज जोशी सिफारिस भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि नियुक्ति प्रक्रिया शुरु भएको स्रोतले बताएको छ ।