कांग्रेशले देखाईदियो आफ्नु असली रुप, मीनेन्द्रले बाहिरै भिड्ने भनेपछि बबण्डर !

मिडिया डबली संवाददाता प्रकाशित : बिहिबार, जेष्ठ ३१, २०७५

काठमाडौं – कम्युनिस्ट सरकारको बढ्दो दम्भलाई नियन्त्रण गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा असली पावर देखाउने भएको छ। उसले हरेक सेक्टरमा सरकारको मोनोपोली बढेको भन्दै संसद छाडेर जनतामाझ जाने चेतावनी दिएको हो। सत्ता पक्षले हरेक ठाउँमा संविधानको भावना कुल्चिन थालेको भन्दै विपक्षी कांग्रेसले सरकारलाई खबरदारी समेत गरेको छ।

 

संसदको बिहीबारको बैठकमा कांग्रेस सांसद मिनेन्द्र रिजालले सरकारका मन्त्रीहरुले ‘काम गर्ने मन छ कि छैन ? जेलमा जाने हो’ भन्दै तर्साउने थालेको बताए। सरकारले पनि त्यही नियम, कानुन र संविधानअनुसार काम गर्नुपर्नेमा उनको जोड छ । ‘नियम छ, कानुन छ, संविधान छ । नियम, कानून, संविधानको पालना होस् । त्यही नियम, कानुन, संविधान अन्तरगत बसेर काम गर्न हामी आएका हौं,’ उनले भने, ‘सरकारलाई योभन्दा बाहिर जाने अधिकार छैन ।’

 

संविधान बनाउने क्रममा सभामुख र उपसभामुख फरक दलबाट हुने संवैधानिक सोचविचार गरेर राखेको भन्दै उनले दलीय स्वार्थअनुसार गलत ब्याख्या नगर्न आग्रह गरे ।

 

संसदमा प्रतिपक्षले आफ्नो ठाउँ नपाउने र संविधानको कार्यान्वयन हुन्छ भन्ने विश्वास भएन भने संसद छाडेर जनताको माझमा जाने उनको चेतावनी छ ।

 

संसदमा विपक्षीका हरेक २० सांसदको अगाडि सत्ताको ५५ जना सांसद रहेपनि मतदातामा कांग्रेसका २० हुँदा सत्तापक्षको २७ मात्र रहेको हिसाब सुनाउँदै उनले भने, ‘संसदमा ठाउँ नपाइने, संविधान कुल्चिने, दुई तिहाइको दम्भबाट जबरजस्ती काम हुने हो भने हामीले २० ले ५५ होइन, २७ सँग जुध्ने गरी बाहिर जानु पर्ने बाध्यता सिर्जना नहोस् । संविधानको मर्ममा काम होस् ।’