नेता भट्टरार्इले खोले ओ‍लीको अहिले सम्मकै ठुलो पोल, ओलीको यस्तो छ भ्रष्टाचारको रोडम्याप

मिडिया डबली संवाददाता प्रकाशित : बुधबार, जेष्ठ ३०, २०७५

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का अध्यक्ष  तथा प्रधानमन्त्री केपी शर्मा अाेली दुर्इ तिहार्इ बहुमतकाे अाडमा भ्रष्टाचारलार्इ बढावा दिएकाे नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराइले अाराेप लगाएका छन्। नयाँ शक्ति नेपालको स्थापनाको दोस्रो वर्ष पुरा गरेको अवसरमा बुधबार राजधानीमा आयोजित विशेष संघीय भेलामा भट्टराइले यस्तो बताएका हुन् ।

 

उनले भने,’गाउँगाउँमा सिंहदरबार नभइ भ्रष्टचार मौलाएको हाे, ‘अहिले गाउँगाउँमा सिंहदरबार हैन भ्रष्टचार गयो, त्यसकाे प्रमाण दिन प्रति दिन कतै न कतै नेकपाका वडा अध्यक्ष लगायत नेता तथा कार्यकर्ताहरु घुससहित पक्राउ परिरहेका छन्’।

 

उनले थप्दै भने,’निर्वाचनमा कसरी अायाे दुर्इ तिहार्इ हात जाेडेर, हाेइन भाेज भतेर गरेर अनि त्याे पैसा कसरी निकाल्छन् नेता तथा कार्यकर्ताहरु यस्तै घुस लिएर निकाल्छन्।’

 

‘अनि कसरी भ्रष्टाचार विराेधी भए अाेली ?’ नेता भट्टरार्इले भने,’‘अब भ्रष्टचार विरुद्ध नयाँ शक्ति पार्टीले काम गर्छ।’