नेविसंघले लगाउने भयो सरकारको उठिबास, जलायो ओलीको पुत्ला

मिडिया डबली संवाददाता प्रकाशित : बुधबार, जेष्ठ ३०, २०७५

काठमाडौं –  कम्यनिस्ट सरकारले इन्धनको मूल्य वृद्धिको विरोधमा नेपाल विद्यार्थी संघले प्रधानमन्त्री केपी ओलीको पुत्ला जलाएको छ ।

विपक्षी दल नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले मूल्यवृद्धिको विरोधमा मंगलबार काठमाडौंमा प्रधानमन्त्री ओलीको पत्ला जालाएको हो । पुत्ला जलाउने क्रममा प्रहरीले हस्तक्षेप गरेको नेविसंघले जनाएको छ । प्रहरी र प्रदर्शनकारीबीच केहीबेर पुत्ला तथा झण्डा खोसाखोससमेत भएको थियो ।

गोंगबु चोकमा भेला भएका नेविसंघका नेता कार्यकर्ताले कम्यनिस्ट सरकारविरुद्ध नाराबाजी गर्दै प्रधानमन्त्री ओलीको पुत्ला जलाएका हुन् ।