कांग्रेस नेता केसीले गरे बजेटबारे अहिले सम्मकै ठुलो खुलासा, अझै मालामाल हुने भए ठुला करोडपति

मिडिया डबली संवाददाता प्रकाशित : मङ्लबार, जेष्ठ २९, २०७५

काठमाडौँ –  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले वर्तमान सरकारले आगामी आर्थक वर्षभित्र कुनैपनि स्रोत नखुलाई लगानी गर्न दिने भनेर गरेको घोषणाको विरोध गर्दै बजेटमार्फत कालो धन र भ्रष्टाचारलाई बैद्यता दिन खोजेको आरोप लगाएका छन्।

उनले भने,‘कालो धनलाई वैद्यता दिनेमात्रै हो, काला धनहरुसँग कमिशन खाने र उसको लगानी गर्न बैद्यता प्रदान गर्ने कुरामात्रै हो, बैद्यता प्रदान गरी मालामाल भएका ठुल ठुला कराेडपतिहरुलार्इ अझै मालामाल बनाउने तिर सरकार लागेकाे छ, यसमा अन्तरंग भ्रष्टाचारको र्दुगन्धहरु आउँछन्, त्यसलाई हामीले केलाउन सकेका छैनौं, हाम्रा पार्टीका अर्थविदहरुले पनि यसबारेमा एक्सपोज गर्नुपर्छ।’ बजेटमा नयाँपन केहीपनि समावेश नभएको बताउँदै उनले भने,‘बजेट प्राथमिकताविहीन छ, यसले विपन्न वर्गको आधारभुत आवश्यकत्तालाई सम्बोधन गर्न सकेन्।’

वर्तमान सरकारका हरेक मन्त्रीहरुले समेत भ्रष्टाचारको ठूलो स्वरमा विरोध गरेपनि साँढे ३३ किलो सुन तस्करी प्रकरणमा संलग्न रहेका जुनसुकै राजनीतिक दलका जोसुकै व्यक्ति होस् जरोसम्म पुगेर भएपनि कारबाही गरेर देखायो भनेमात्रै वास्तवमा त्यो दिनदेखि यो सरकार भ्रष्टाचार विरोधी हो रैछ भनेर आफूहरुले विश्वास गर्ने केसीले स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले अहिलेको कुल बजेटको ११ प्रतिशत बजेट आफूमा केन्द्रित गरेर राख्नुको कारण के हो भन्दै केसीले प्रश्न समेत तेर्साए । उनले भने,‘लेनिनको जनवादी केन्द्रियतातर्फ यो सरकार उन्मुख छ।’ संघीयताको मर्म र भावना अनुसार बजेट नआएकोमा उनको गम्भिर आपत्ति छ ।

फरक प्रसँगमा उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनबीच भएको चार बुँदे सहमति उपलब्धिमूलक रहेको बताए । उनले भने,‘उहाँहरुबीचको वार्ता सफल भएको दाबी गरिएको छ, यो विश्वको लागि पनि राम्रो हो, किमको लागि त झनै उपलब्धिमूलक हो।’

संसारको कुनै पनि भू–भागमा शान्तिको विकल्प नभएको बताउँदै उनले भने,‘शान्तिको विकल्प छैन र हिंसाको भविष्य छैन, त्यसैले यो वार्ता उहाँहरुले भनेजस्तो यो वार्ता गौरवान्तित र ऐतिहाँसिक छ।’ उनले समग्र विश्व शान्ति प्रक्रियाका ेलागि यो वार्ता गौरवको विषय भएको बताए ।