ओलीको डरलाग्दो कदमविरुद्ध कांग्रेस चनाखो, जस्तोसुकै आँधीबेरी ल्याउन तयार

मिडिया डबली संवाददाता प्रकाशित : मङ्लबार, जेष्ठ २९, २०७५

काठमाडौं – नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको शासन व्यवस्था फेर्ने डरलाग्दो कदम अस्वीकार्य भएको जनाएको छ। प्रभावशाली नेता डा शेखर कोइरालाले मुलुकलाई कार्यकारी राष्ट्रपतीय प्रणालीमा धकेलिए त्यो कांग्रेसलाई कुनैपनि हालतमा स्वीकार्य नहुने स्पष्ट पारे।

शैलजा आचार्यको नवौं स्मृति दिवसमा “शैलजा आचार्य आदर्श समाज” ले राजधानीमा आयोजना गरेको कार्यक्रमलाई संबोधन गर्दै कोइरालाले भने– ‘बहुमत तपॉईहरुसॅग छ, सरकार जसरी चलाउन मन लाग्छ चलाउनोस, तर दुईतिहाई बलको आडमा मुलुकको शासन ब्यवस्था नै परिबर्तन गर्न लाग्ने हो भने त्यसका बिरुद्ध कॉग्रेस जस्तोसुकै आॅधीबेरी ल्याउन तयार छ।’

प्रधानमन्त्रीले ७ वटै प्रदेससभामा गएर सम्बोधन गरेर के सन्देश दिन खोजेको हो भनी उनले प्रश्न समेत गरे। बालकृष्ण ढुंगेललाई आममाफी दिँदै गर्दा संसदमा त्यस बिषयमा प्रभावकारी ढंगले कुरा नराखेर कॉग्रेसले गल्ती गरेको उनको तर्क छ।

कोइरालाले कॉग्रेस गुट उपगुटमा रुमल्लिरहेको फाइदा सरकारले लिइरहेकोले मुलुक अधिनायकबादमा जाने खतरा बढेको संकेत गरे। कोइरालाले मुलुक निरंकुशतातर्फ अगाडि बढेकाले लोकतन्त्र र संघियता धरापमा पर्न सक्ने खतरा रहेको पनि अाैल्याएँ।