ओलीलाई प्रश्नै प्रश्नको झटारो डोनाल्ड ट्रम्प र किम ज़ोनको सुरक्षागोर्खाली सैनिकले मोदीको सुरक्षा भारती सैनिकले?

मिडिया डबली संवाददाता प्रकाशित : मङ्लबार, जेष्ठ २९, २०७५

काठमाडौं–  नेपाली कांग्रेसका प्रभावशाली नेता चन्द्र भण्डारीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम ज़ोनको महत्वपूर्ण भेटवार्तामा गोर्खाली सैनिकले सुरक्षा दिनु गौरबको बिषय भएको बताएका छन् । भण्डारीले सामाजिक सञ्जाल फेसबुकमार्फत गर्व गरेका हुन्।

विश्वका महत्वपूर्ण दुई नेताबीच मंगलबार विहान सौहार्द र शान्तिपूर्ण रुपमा वार्ता सम्पन्न भएको छ। भेटघाटलाई विश्वले विशेष रुपमा हेरेको छ। ट्र्म्प रकिम बीचमा क्यापिला होटलमा वार्ता हुँदा बाहिर गोर्खा सैनिकले सुरक्षा दिइरहेका थिए।

कांग्रेस नेता भण्डारीले भनेका छन् , ‘नेपाली जहाँ छन् सक्षम र ईमान्दार छन्, नेपालको नाम राखेका छन्।’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको सुरक्षामा भारतीय सेना खटिएको सम्झदै उनले लेखे- ‘नेपालमा आउँदा भारतीय प्रधानमन्त्रीको सुरक्षाका लागी भारतीय सेनाले नेपाली भूमीमा परेड खेले । सो समय नेपाली सेनाको मानमर्दन गरियो।’

उनले ‘हाम्रो मौन धारण !! आफूलाई नचिनेका, आफ्नो पहिचान थाहा नभएका, इतिहास नपढेका, प्राचिन सम्पदाको महत्व नबुझेकाहरुले अरुको पहिचान र महत्त्वको रक्षा कसरी गर्दछ ? अब परिवर्तन गर्नु पर्दछ सोचमा हाम्रो गोर्खाली रगत एवम् पसिना केवल अरुको सुरक्षार्थ मात्र नबगेर अब विश्व मानचित्रमा नेपाल र नेपाली भनेको युद्ध पनि हाँक्न सक्ने र शान्तिको बिगुल फुकि शान्ति स्थापना गरी विश्वलाई चकित पार्न सक्ने छन् भन्ने पुष्टि भइसकेको छ’ भनी उल्लेख गरेका छन्।

नेपालको माटोमा नासाको बैज्ञानिक देखि भगवान बुद्ध बनने सामर्थ्य रहेको बताउदै उनले असल नेताको कमी रहेको औंल्याए। ‘असल नेताको जसले वैज्ञानिक वा बुद्ध बन्नेलाई केवल आफ्नो साँघुरो सोचले गर्दा सुरक्षाकर्मी भन्दा अरु केही बन्ने सपना न‌ै देख्दैन र देखाउदैन पनि’ भनेका छन्।

पूर्वीय दर्शन आफैमा वैभवशाली रहेको बताउदै उनले भनेका छन, ‘पूर्वीय दर्शनले मानिस, समाज एवम् विश्वलाई नै मार्ग निर्दिष्ट गर्दछ तर विडम्बना हामीसंग आफ्नै ज्ञानको कमि छ त्यसैले हामीसंग न धर्म छ । न संस्कृति । न भाषा । न भेष भुषा । सोच बदलौ । अरुले गोरखालीको सुरक्षा गर्न सक्ने भावी पिडी बनौँ र बनाउँ।’