अन्ततः प्रचण्डलाई ओठ, मुख सुकाएरै छाडे गृहमन्त्री थापाले, गृहजिल्ला पुगेर खोले मुख

मिडिया डबली संवाददाता प्रकाशित : मङ्लबार, जेष्ठ २९, २०७५

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृहमन्त्री रामबहादुर थापा ‘बादल’को अडानसामु झुकेका छन्। कामचोर ठेकेदारको सूचीमा परेका आफ्ना घरबेटीलाई कारवाही नगर्न दबाब दिएका प्रचण्ड कसैलाई नछोड्ने बादलको अडानसामु झुकेका हुन्। यो बीचमा उनले दबाब दिएको खबरहरु आएका बाहिर आएका थिए।

 

मंगलबार गृहजिल्ला चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले कामचोर ठेकेदारमाथि कारवाही हुनुपर्ने बताएका हुन्। सरकारले लापर्वाही गर्ने ठेकेदारहरुलाई कारबाही गर्ने बताएका उनले भने, ‘म जसको घरमा बसेको छ, त्यो घरको मान्छेले पनि गल्ती गर्‍यो भने कारबाही हुन्छ । गल्ती गरेको छैन भने प्रोत्साहित हुन्छ ।’

 

ठेकेदारहरुले समयमा र गुणस्तरीय काम गर्नुपर्नेमा जो दिँदै उनले भने, ‘घरबेटी र नघरबेटी भनेर चर्चा गर्न आवश्यक छैन । ठेकेदारहरुले समयमा र गुणस्तरीय काम गर्नुपर्छ । यदि त्यहाँ लापर्वाही छ भने सरकार कडाइपूर्वक जानुपर्छ भन्नेमा कसैको विमति छैन ।’

 

प्रचण्ड ठेकेदार शारदा अधिकारीको खुमलटारस्थित घरमा बस्दै आएका छन् । अधिकारीको शैलुङ कन्स्ट्रक्सनले विभिन्न सडकको ठेक्का लिएर समयमा काम सम्पन्न गरेको छैन ।