ओली र प्रचण्डको सातो लिए भिम रावलले स्थाई र केन्द्रिय सदस्यहरु थपिए ! (नाम सहित)

महेन्द्रप्रसाद पोखरेल ( एम पि ) प्रकाशित : बिहिबार, जेष्ठ १०, २०७५

काठमाडौँ- केपी ओलीले एमालेका तर्फबाट आफुखुसी केन्द्रीय सदस्य मनोनीत गरेको भन्दै भिम रावलले असन्तुष्टी जनाएका छन ।

यसै बिच उन्कै सिफारिसमा ७ नम्बर प्रदेशबाट ३ केन्द्रीय सदस्य हेरफेर भएका छन।सोमबार बसेको नेकपा केन्द्रीय सचिबालय बैठकले ६ जनाको नाम हेरफेर गरेको ।यसअघि सार्बजनिक गरिएका पुण्य गौतम ,साध्यबहादुर भण्डारी र दयालबहादुर शाही हटाएर राजेन्द्रसिँह रावल,लालबहादुर बिक र दीपक देबकोटालाई मनोनीत गरिएको छ। नेकपा भित्रैबाट स्थाई समितिमा एमालेबाट चार नेता बढुवा गर्ने कुरा पनि अध्यक्ष ओली र बरिष्ठ नेता माधबकुमार नेपाल बिच समझदारी भएको छ।

 

तत्कालीन पार्टीमा पोलिटब्युरो सदस्य रहेका बेदुराम भुसाल, रघुजी पन्त र विष्णु रिमाल साथै केन्द्रीय सदस्य एवं भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठलाई स्थायी समिति सदस्यमा मनोनीत गर्ने समझदारी भएको हो ।नयाँ पत्रिका दैनिकले छापेको समाचार अनुसार ४५ सदस्यीय स्थायी समितिमा पूर्वएमालेका तर्फबाट २६ जनामध्ये अमृतकुमार बोहरा, केशव बडाल, सोमनाथ प्यासी आमन्त्रित सदस्यका रूपमा रहने भएपछि रिक्त पदमा उनीहरूलाई मनोनीत गर्न लागिएको केन्द्रीय सचिवालयका एक सदस्यले बताए ।

अर्का आमन्त्रित सदस्य डा पुष्प कँडेल राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भएकाले राजीनामा दिइसकेका छन् ।सैबीच एमाले र माओवादी केन्द्रका तल्ला तह तथा जनवर्गीय संगठन एकीकरण र व्यवस्थापनको मापदण्ड तयार पार्न महासचिव विष्णु पौडेलको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा सोमबार बसेको पार्टी सचिवालय बैठकले मातहतका कमिटीको एकता र व्यवस्थापनको मापदण्ड बनाएर व्यवस्थापनका लागि कार्यदल गठन गरेको हो । राजधानी दैनिकले समाचार छापेको छ ।

एकीकृत पार्टीको केन्द्रीय कार्यालय बैठकले तोक्न सकेको छैन । धुम्बाराही र पेरिसडाँडामध्ये कुन कार्यालय बनाउने भन्ने निर्णयको जिम्मा अध्यक्षद्वय ओली र पुष्पकमल दाहाललाई दिइएको छ । पार्टीको पहिलो सचिवालय बैठकले पार्टीको मूल राजनीतिक प्रतिवेदन र अन्तरिम विधान प्रकाशन गर्ने निर्णय गरेको छ ।