ओली प्रचण्डले पत्रकारलार्इ नै बनाए नेकपाको केन्द्रीय सदस्य !

मिडिया डबली संवाददाता प्रकाशित : बिहिबार, जेष्ठ १०, २०७५

काठमाडौँ । नवगठित नेपाल कम्युनिष्ट पार्टीका द्धय अध्यक्ष प्रधानमन्त्री केपी शर्मा अाेली र प्रचण्डले एक अनलाइन न्युज पोर्टल पत्रिकाकाे प्रधान सम्पादकलार्इ  अाफ्नाे पार्टीकाे केन्द्रीय सदस्यमा बनाएका छन्। द्धय अध्यक्षले अनलाइन न्युज पोर्टल पत्रिका रातोपाटी डटकमका प्रधान सम्पादक ओम शर्मालार्इ  पार्टीकाे केन्द्रीय सदस्यमा बनाएका छन्।

 

पूर्व एमाले र माओवादीबाट गरी ४ सय ४१ सदस्यीय बनेको नेकपाको केन्द्रीय समितिमा प्रधान सम्पादक शर्मा परेका हुन् । रातोपाटी डटकम अनलाइन न्युज पोर्टल पत्रिकामध्ये स्थापित सञ्चारमाध्यम मानिन्छ । तर स्थापित सञ्चारमाध्यमकै सम्पादक कुनै दलको केन्द्रीय तहको नेता हुन्छन् भने त्यसबाट कसरी व्यवसायिक पत्रकारिताको अभ्यास गरिन्छ ? भन्ने प्रश्न समेत पत्रकारहरु माझ उठ्न थालेको छ ।

 

पत्रकारहरू दलीय राजनीतिमा लाग्दा व्यवसायिक पत्रकारिता हुन नसकिरहेको विज्ञहरूको भनार्इ छ।

 

राजनीतिक दलप्रति आस्था रहे पनि पत्रकारहरूले समाचार कक्षमा छिरेपछि दलीय राजनीतिबाट मुक्त हुनुपर्छ भन्ने आम सञ्चारको मान्याता हो । तर राजनीतिमा नै लिप्त भएपछि उसको कार्यसम्पादनमा समेत दलीय प्रभाव पर्ने गरेको देखिन्छ। जसले व्यवसायिक पत्रकारिता भन्दा पार्टी पत्रकारिता तिर बढी सक्रिय गराउँछ।