अन्ततः प्रचण्डले छोरी र बुहारीलाई केन्द्रीय सदस्य बनाए !

मिडिया डबली संवाददाता प्रकाशित : बुधबार, जेष्ठ ९, २०७५

काठमाडौं –तत्कालीन माओवादी केन्द्रका अध्यक्ष एवम् नवगठित नेपाल कम्युनिष्ट पार्टीका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नी छोरी र बुहारीलाई केन्द्रीय सदस्य बनाएका छन् ।

 

नेकपाले पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको अन्तिम नामावली मंगलबार प्रकाशित गरेसँग नेताहरूका आफन्तलाई मनोनीत गरेको खुलासा भएको हो । केन्द्रीय सदस्यहरूको नामावलीमा धेरै नेताका परिवारका सदस्य परेका छन् ।

 

नेकपाका दोस्रो अध्यक्ष प्रचण्डकी पुत्री एवं भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल र बुहारी एवं खानेपानीमन्त्री विना मगर केन्द्रीय सदस्य भएका छन् ।