प्रचण्डलाइ पर्यो यस्तो आपत, आफू निकटकासँग झारे आँशु !

मिडिया डबली संवाददाता प्रकाशित : सोमवार, जेष्ठ ७, २०७५

काठमाडौं – एमालेसँग माओवादी केन्द्रलाई मर्ज गरेपछि पुष्पकमल दाहाल प्रचण्ड दुई दिनभित्रै तनावमा परेका छन् ।

 

केपी ओलीको पेलानमा पर्न सुरु गरेका प्रचण्डले आफू निकटका नेताहरूसँग पार्टी एकीकरण गरेर गल्ती भयो भनेर गुनासो गरेका हुन् । स्रोतका अनुसार प्रचण्डले आफू र नेता कार्यकर्ताको राजनीति ओलीले सिध्याइदिने हुन् कि भनेर आँशु झारेका थिए ।

 

ओलीले पार्टी कार्यालय धुम्रबाराहीमा राख्ने भनेर अडान राखेका छन् । प्रचण्डले पेरिसडाँडालाई पार्टी मुख्यालय बनाउन प्रस्ताव गरेका थिए । त्यति मात्रै होइन प्रचण्डले आफूले प्रस्ताव गरेका धेरै नेताहरूलाई हाइकमाण्ड, पोलिटव्युरो, स्थायी र केन्द्रीय कमिटीमा लैजानका लागि अरुचि देखाएको प्रचण्डले गुनासो गरे ।

 

नेकपाको केन्द्रीय समितिले आइतबार पूर्णता पाउन सकेको छैन । केन्द्रीय समितिमा थपघट गर्ने सदस्यको नाम टुंगो लाग्न नसकेको हो ।

 

पार्टी एकीकरण भएको तीन दिन बितेको छ । नेताहरू नाम टुंगो लगाउन आन्तरिक छलफलमा जुटेका छन् । थपिने केन्द्रीय सदस्यको नाम टुंगो लगाउन अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई सहज भएको छ । अध्यक्ष दाहाललाई भने सकस परेको छ ।

 

तत्कालीन एमालेले भने केन्द्रीय सदस्यहरूको नाम सहजै टुंगो लगाए पनि तत्कालीन नेकपा माओवादी केन्द्रभित्र भने सकस भएको हो । नेकपा महासचिव विष्णु पौडेलले केन्द्रीय कमिटीमा रहने नेताहरूको टुंगो लागेको बताए । उनले सबैको नाम टुंगो लागेपछि सार्वजनिक गरिने बताए । शीर्ष नेताहरू नामावली टुंगो लगाउनमा लागेको बताउँदै उनले छिट्टै नाम सार्वजनिक गरिने जानकारी दिए । एकीकृत कम्युनिस्ट पार्टीमा नौ सदस्यीय सचिवालय बनिसकेको छ । पार्टीको ४५ सदस्यीय स्थायी कमिटी र ४४१ सदस्यीय केन्द्रीय कमिटी रहनेछ ।

 

४५ सदस्यीय स्थायी कमिटीमा २६ तत्कालीन एमालेबाट र १९ माओवादी केन्द्रबाट रहनेछन् । ४४१ केन्द्रीय सदस्यमा २४१ तत्कालीन एमालेबाट र २०० माओवादी केन्द्रबाट रहनेछन् । तत्कालीन एमालेको २६ सदस्यीय स्थायी कमिटीलाई स्वतः एकीकृत पार्टीको स्थायी कमिटी सदस्य बनाइँदै छ । यसैगरी, २४१ सदस्य केन्द्रीय सदस्यका लागि एमालेका तत्कालीन १९६ सदस्य स्वतः केन्द्रीय सदस्य हुनेछन् । बाँकी ४५ थपिनेको पनि टुंगो लागिसकेको छ ।

 

अध्यक्ष एवं प्रधानमन्त्री केपीओली, वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, महासचिव पौडेलले ४५ जनाको नाम टुंगो लगाएको स्रोतले जनाएको छ ।