यसकारण ओलीलाई ठुलो झट्का: भीम रावल ‘फायर’, अचानक किन पुगे बालुवाटार ?

मिडिया डबली संवाददाता प्रकाशित : आइतवार, जेष्ठ ६, २०७५

काठमाडौँ, ६ जेठ – नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य भीम रावल पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘फायर’ भएका छन् ।

 

यसअघि तत्कालिन एमालेका उपाध्यक्ष रहेका रावलले आइतबार ओलीलाई आकिस्मक रुपमा भेटी आफ्ना असन्तुष्टि पोखेका छन् । दिउँसो ४ बजे आकस्मिक रुपमा ओलीलाई भेट्न बालुवाटार पुगेका उनले ओलीलाई खुल्लमखुल्ला चुनौती दिएको स्रोतले दैनिक नेपाललाई बतायो ।

 

‘उहाँ ९रावल० ले अध्यक्षलाई भेटी आफूहरु जस्तो पनि कदम चाल्न सक्ने चेतावनी दिनुभयो’( स्रोतले  भन्यो ) ।

 

अध्यक्ष ओलीले आफूहरुसँग कुनै परामर्श नगरी निर्णय गरेको, पारदर्शिता नदेखाएको र पाखा लगाउने काम गरेको भन्दै रावलले खुल्ला रुपमै चुनौती दिएका हुन् ।

 

रावलका तीन असन्तुष्टि

– पार्टीमा पर्याप्त छलफल नगरी माओवादी केन्द्रसँग पार्टी एकता गरेको  र, आफूहरुलाई स्थायी समिति सदस्यमा मात्र सीमित गरेको ।

 

– ४० जना मनोनित केन्द्रीय सदस्यमा चयनमा आफूहरुसँग कुनै छलफल नगरेको । आफ्ना मानिस कोही पनि नराखेको ।

 

– सरकारबाट गरिने राजनीतिक नियुक्तिमा पनि बाइपास गरेको ।