ओली र प्रचण्डले आफ्नो पार्टीको नाम चाेरेको भन्दै नेकपाका अध्यक्ष कट्टेलले जनाए आपत्ति (विज्ञेप्तीसहित)

मिडिया डबली संवाददाता प्रकाशित : आइतवार, जेष्ठ ६, २०७५

काठमाडौँ- पूर्व एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर बनेको नेपाल कम्युनिष्ट पार्टीले आफ्नो पार्टीसँग नाम जुधाएको भन्दै नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले आपत्ति जनाएका छन् ।

 

उनले आफू नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी संविधान सभाको दोस्रो निर्वाचनदेखि  निर्वाचन आयोगमा विधिवत दर्ता भएको दल भएको स्पष्ट पारेका छन् ।

 

पछिल्लो पटक निर्वाचन आयोगकले मिति २०७४। ५। २२को निर्णय अनुसार संविधानको धारा २७१ र  राजनीतिक दल सम्वन्धि ऐन २०७३ को दफा ४८ अनुसार नेपाल कम्युनिष्ट पार्टी दर्ता गरी निर्वाचन चिन्ह घनकोदालो प्रदान गरेको गरेको भन्दै ऐन अनुसार आफ्नो पार्टीसँग मिल्ने दल दर्ता गर्न नपाइने भएपनि चोर बाटो प्रयोग गरेर दल दर्ता गर्न खोजिएको उनले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 

उनले  ऐनलाई छल्न पार्टीको नाम मुनी धर्सो तानेर निवेदन दर्ता गराएको कुरा वाहिर आएको भन्दै सत्य तथ्य निर्वाचन आयोगले छिटै सार्वजनिक गर्ने पनि अपेक्षा गरेका छन् ।

 

कट्टेलले  प्रष्ट कानुनी व्यबस्था हुँदाहुँदै सपनि रकारमा रहेका दलहरुले गैह्रकानुनी कृयाकलाप गरेको भन्दै संवैधानिक दायरा भित्रैवाट आफ्नो संघर्ष अगाडि बढाउने चेतावनी दिएका छन् ।