ओली र भट्टराई वीच वाक युद्द सुरु !

मिडिया डबली संवाददाता प्रकाशित : आइतवार, जेष्ठ ६, २०७५

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीका नेता योगेश भट्टराईले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई व्यंग्य गरेका छन् । नेकपा जेट विमान भएको र आफू र प्रचण्ड (दुईजना) उडाउने पाइलट भएको भन्ने ओलीको टिप्पणीमा नेता भट्टराईले काउन्टर अट्याक गरेका हुन् ।

 

भट्टराईले दुईवटा मात्रै नभई छेउमा अरु पनि पाइलट रहेको टिप्पणी गरे । ‘सिङ्गल इन्जिनवाला विमान होइन । जेट विमान हो । दुईजना मात्रै पाइलट हुँदैनन् । छेउमा अरु पनि हुन्छन् । सबैको निगरानी भइरहन्छ’, भट्टराईले भने।

 

नवगठित पार्टीमा नेताहरुको जिम्मेवारी बाँडफाँट गर्न बाँकी रहेको भन्दै नेता भट्टराईले नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँगको कुराकानीमा अहिलेको नेतृत्वले विश्राम लिएर नयाँ पुस्तालाई नेतृत्व दिनुपर्छ भने पनि केपी ओली र प्रचण्ड नै अभिभावकको भूमिका रहेको बताए ।

 

जेट विमान चलाउनका लागि ओली र प्रचण्ड अहिले अभ्यासको चरणमा रहेको उनले बताए । आफूहरु पनि पाइलटकै भुमिकामा ओली र प्रचण्डसँगै रहेको उनको तर्क छ ।

 

पछिल्लाे समय याेगेश भट्टरार्इ अाेलीसँग असन्तुष्ट छन्। उनी अाेलीकाे सकारात्मक अालाेचना गरिरहन्छन्। ताप्लेजुङबाट चुनाव जितेर सांसद बनेका याेगेशलार्इ अाेलीले अाफ्नाे सरकारमा मन्त्री बनाएनन्। अाेलीले ताप्लेजुङमा चुनावी सभामा याेगेशलाइ जिताउनुस, म मन्त्री बनाएर पठाउँछु भनेका थिए । तर अाेलीले त्याे बाेली कार्यान्वयन गरेनन्। सञ्चारमन्त्रीका दाबेदार याेगेशलाइ छाडेर अाेलीले गाेकुल बाँस्काेटलाइ सञ्चार राज्य मन्त्री बनाइदिए। यसरी पनि याेगेश अाेलीसँग असन्तुष्ट छन्।