ओली प्रचण्ड सरकारको दादागिरी, स्थानीय भन्छन् – ‘सरासर अन्याय भयो’

मिडिया डबली संवाददाता प्रकाशित : आइतवार, जेष्ठ ६, २०७५

नेकपा अण्डरलाइन बनाएकाे केही दिनमा केपी पिकेकाे कम्युनिस्ट सरकारले झापा जिल्लाको दमक नगरपालिकाे दमक ७ स्थित हाटखोला सुनचाँदी लाइनमा बसोबास गर्ने २२ ओटा घरमा डोजर लगाएर भत्काइदिएको छ ।

 

शनिबार संयौको संख्यामा सशस्त्र प्रहरी, जनपद प्रहरी र सबै वडाका अध्यक्ष, नगरपालिकाका मेयर रोमनाथ ओली र केही स्थानीय जग्गा दलालहरुहरुको उपस्थितिमा डोजर लगाएर भत्काइएको हो ।

 

दमकको मुख्य बजारको इतिहासकाल देखिनै हाटखोलाको नाममा अवस्थित उक्त स्थान ५० औं वर्ष अघिदेखि मासु काट्ने, सुर्ती बेच्ने, किसानहरुले निर्माण गरेको काठको हलो, जुवा, कुचो, नाङ्ग्लो, डोको, थुन्चे लगायतको घरेलु बस्तुहरुको बेचबिखन गर्ने ऐतिहासिक बसोबास रहेको उक्त स्थान बजार भर्न आउनेहरुले घरेलु जाँड रक्सीसमेत खाने बजारको रुपमा रहेको इतिहास छ ।

 

यो बसोबास कतिको पुरानो र ऐतिहासिक छ भन्ने प्रश्नमा एक पुराना स्थानीय भन्छन —“यो अहिले देखिएको बजार जतिको व्यापक र ठूलो छ, यसको बिगत त्यस्तो छैन । यहाँ पातलो काठको घरहरु र एउटा दुइटा पक्का घरहरु बाहेक त्यस्तो बाक्ला घरहरु थिएनन तै पनि यो दमक बजारनै थियो । मधुमल्ला, उर्लाबारी दमक यतापटिका ठुलाबजार थिए । त्यतिबेला पनि यो हाटखोला थियो र यहाँका घरहरु थिए । अहिले आएर नगरपालिका यसरी भत्काइदिनु सरासर अन्याय हो ।”

 

 

अर्का स्थानीय भन्छन् — “यो हाटखोलामा बसोबास गरेकाहरुलार्इ भत्काउनेहरु दमकमा पछि आएका र यहाँको बारेमा नबुझेकाहरु छन् । यस्तै पछि आएर यहाँको ईतिहास नबुझ्नेहरुले उक्साएर भत्काएका हुन् । यो सरासर अन्याय भएको छ । अहिलेको बसोबास खोलाको किनारमा थियो बिस्तारै खोलाले छोड्दै गएपछि अहिले मुख्य बजार भित्र पर्न गयो । त्यसपछि त्यहाँ जग्गामा माफियाहरुको गिद्दे नजर पर्न गएपछी किर्ते गरेर नगरपालिकाले आफ्नो नाममा जग्गा दर्ता गरि लाल पुर्जा लियो ।

 

तर उक्त जग्गाको हाल प्रधानमन्त्री केपि ओलीका स्वकिय सचिव युवराज दाहाल दमक नगरपालिकाको कार्यकारी अधिकृत भएको बखत दाहाल र अन्य स्थानिय नेताहरुको कोठे सहमतिमा नगरपालिकाले जग्गा अधिग्रहण गर्ने सहमती गरेका थिए ।

 

तर त्यहाँ बसोबास गर्नेहरुको प्रतिरोधको कारण त्यतिबेला सफल हुन् सकेको थिएन । त्यसपछि स्थानीय निकायको निर्वाचन पछि निर्वाचित मेयर रोमनाथ ओली र उक्त बस्ती पर्ने वडाका अध्यक्ष भीम पौडेलले भत्काउनको लागि पहल सुरु गरेका थिए ।

एकपटक सयांै प्रहरी परिचालन गरेर भत्काउन सुरु गरिएको थियो तर त्यतिबेला पनि प्रतिरोध भएको कारण सम्भव भएको थिएन । त्यसबेला विप्लव नेतृत्वको नेकपाले एक विज्ञप्ति जारी गरेर सुकुम्बासीहरुको बसोबास र रोजगारीको ग्यारेन्टी गरेर मात्र अघि बढ्न चेतावनी दिएको थियो ।

 

त्यसपछि केही समय रोकिएको थियो । फेरि नगरपालिकाले ७ दिने घर खाली गर्ने सुचना प्रकाशित गरेको थियो । त्यसबेला जनपरिषद झापाका प्रमुख सुमनसिंह पौडेलले कडा चेतावनी दिएर सचेत गराएक थिए । त्यहाँ बसोबास गर्नेहरुले प्रतिरोध गर्ने र त्यसमा नेकपाको साथ भएपछि नगरपालिकापछि हटेको थियो । तर आज एक्कासी बिहानै डोजर र प्रहरी परिचालन गरि त्यहाँ बसोबास गर्नेहरुलाई कोठा भित्रै थुनेर, अमानबिय तवरले घर भत्काएर सुकुम्बासीहरुको रुवाबासी मच्चाएको छ । पुरानो तिरो त्यहाँ बस्नेहरुले तिरेको स्थानीयहरु बताउछन् । नगरपालिकाले किर्ते गरेर पुर्जा निकालेको त्यहाँ बस्नेहरु बताउछन् ।

 

यता विप्लव नेतृत्वकाे नेकपा झापा सेक्रेटरी सौगात आचार्यले सुकुम्बासीको घर भत्काउनेहरुलाई कुनै हालतमा नछोड्ने बताएका छन् ।

 

त्यस्तै जनपरिषद झापाले स्थानीय जनप्रतिनिधिहरुको नाममा व्यापक दलाली भएको र दलालहरु गरिब सुकुम्बासीहरुको उठिबास गर्न लागेको हुनाले अबको संघर्ष जनप्रतिनिधि नामका दलालहरुको विरुद्ध हुने बताएको छ । जनपरिषद झापाका प्रमुख सुमनसिंह पौडेलले सो कुरा बताउँदै अब गरिब सुकुम्बासी र धनी दलालहरुबीच लडाई हुने कुरा स्पष्ट भएको बताएका छन् ।