कृष्ण महराले संसदमै लिए प्रधानमन्त्रीको सातो

मिडिया डबली संवाददाता प्रकाशित : शुक्रबार, जेष्ठ ४, २०७५

काठमाडौं– सभामुख एवं विघठित नेकपा माओवादी केन्द्रको पूर्वनेता कृष्णबहादुर महराले प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन् ।

 

एमाले र माओवादी केन्द्रबीच एकता भएकै भोलिपल्ट शुक्रबारको संसद बैठकबाट सभामुख महराले सांसदहरुले उठाएको राष्ट्रिय महत्वका विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन्।

 

सभामुख महराले देशका विभिन्न स्थानमा महिला हिंसा बढेको, बाढीपीडित र भूकम्पपीडितले उचित राहत नपाएको जस्ता विषयमा सांसदहरुले सरकारको ध्यानाकर्षण गराएको भन्दै सो विषयमा सरकारको धारणा मागेका छन् ।

 

सांसदहरुको मागलाई गम्भीरतापूर्वक लिई कार्यान्वयन गर्न सभामुख महराले सरकारलाई ध्यानाकर्षण गराए ।