माओवादी विघटनको एकदिन अगाडि ‘प्रचण्ड’ परिवारले यसरी खाएका थिए भोज, लिक भयो सबै भित्री कुरा

मिडिया डबली संवाददाता प्रकाशित : शुक्रबार, जेष्ठ ४, २०७५

काठमाडौं – नेकपा (एमाले)सँग पार्टी विलय गराउनु अगाडि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो परिवारलाई मिष्ठान्न भोजन गरेर रमाइलो गरेको खुलासा भएको छ ।

 

ललितपुरको एउटा घरमा माओवादी नेता नारायणकाजी श्रेष्ठको निमन्त्रणामा प्रचण्डको परिवारले मिष्ठान्न भोजन ग्रहण गरेर रमाइलो गरेका हुन् । मिष्ठान्न भोजन गर्ने बेलामा सुरुमा प्रचण्ड र श्रेष्ठले खाना खाएका थिए । त्यसपछि प्रचण्डकी पत्नी सीता दाहाल, छोरीहरू रेणु दाहाल त्रिपाठी र गंगा दाहाल आचार्यले खाना खाएका थिए । उनीहरू सबैले खाना खाएपछि अन्तिममा बुहारी बिना मगर दाहालले सोही टेबुलमा बसेर खाना खाएको स्रोतको भनाइ छ ।

 

घुम्ने टेबुलमा राखिएका दुई दर्जन बढी परिकारलाई प्रचण्ड र उनको परिवारले स्वाद लिएर पालैपालो खाएका थिए । जेठको २ गते बुधबार ललितपुरको एउटा घरमा नारायणकाजी श्रेष्ठ र प्रचण्डको परिवारले यसरी रमाइलो गरेको हो ।

 

त्यही मिष्ठान्न भोजन ग्रहणका बेला नेता श्रेष्ठले प्रचण्डलाई एमालेसँग पार्टी एकीकरणका लागि दवाव दिएको स्रोतको भनाइ छ । एमाले र माओवादीबीच विहीबार राष्ट्रिय सभागृहमा कार्यक्रम गरेर ‘नेपाल कम्युनिष्ट पार्टी’ गठन गरिएको थियो ।

 

कम्युनिष्ट त्यसमा पनि सर्वहारा वर्गका नेताका रुपमा १२ वर्ष सशस्त्र युद्ध गरेर आएका प्रचण्डले एमालेमा पार्टी विलय गराउनु अगाडि खाएको मिष्ठान्न भोजनमा राखिएका खानेकुराले धेरै गरिव जनताको मनलाई चसक्क छोएको सामाजिक सञ्जालमा टिकाटिप्पणी भएको छ ।

 

त्यति मात्रै होइन कम्युनिष्ट नेता प्रचण्डले आफ्नी बुहारी बिना मगरलाई भेदभाव गरेर सँगै खाना नखाएकोमा भनेर पनि सामाजिक सञ्जालमा आलोचना भएकोछ ।