बालुवाटारमा ओलीले दिएको रात्रिभोजको खर्च कसले व्यहोर्छ ?

मिडिया डबली संवाददाता प्रकाशित : शुक्रबार, जेष्ठ ४, २०७५

काठमाडौं – एमाले र माओवादी केन्द्र विघठन भएर बनेको नेपाल कम्युनिष्ट पार्टीको रात्रिभोजको खर्चलाई लिएर सामाजिक सञ्जालमा प्रश्न उठेको छ ।

 

सत्ताको दुरुपयोग गर्दै प्रधानमन्त्री केपी ओलीले एमाले र माओवादीका नेता कार्यकर्तालाई बिहीबार राति रात्रिभोज दिएका छन् । रात्रिभोजमा एकहजार भन्दा धेरैको सहभागिता रहेको थियो ।

 

पार्टी एकीकरण भएको खुसियालीमा बिहीबार राति प्रधानमन्त्रीनिवास बालुवाटारमा दीपावली गर्नुका साथै रात्रिभोज दिइएको हो । दुई पार्टीका नेता–कार्यकर्तासहित करिब हजार भोजमा सहभागी भएको स्रोतले जनाएको छ ।

 

प्रधानमन्त्री ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालका अनुसार भोजको खर्च सरकारी रकमबाट तिरिनेछैन । दुई पार्टीले स्वामित्व लिनेछन् ।