पार्टी एकीकरण गरेका दुई कम्युनिष्ट पार्टीको यो हो असली रुप, कहाँबाट आयो यति धेरै धनसम्पत्ति ?

मिडिया डबली संवाददाता प्रकाशित : शुक्रबार, जेष्ठ ४, २०७५

काठमाडौं – पार्टी एकीकरण गरेका दुई कम्युनिष्ट पार्टीको सम्पत्ति अर्बौंको सम्पत्ति फेला परेको छ ।

 

गरिव जनताको नाममा खुलेका एमाले र माओवादी केनद्रले अर्बौं मूल्य बराबरको सम्पत्ति राखेको बिहीबार रहस्य बाहिरिएको हो ।

 

एमालेसँग केन्द्रदेखि गाउँ, नगरसम्म करिब दुई अर्बको चलअचल सम्पत्ति छ । बल्खुमा नौ रोपनी एक आना जग्गा छ । पाँच अञ्चल र ६५ जिल्ला कमिटीका आफ्नै भवन छन् ।

 

माओवादी केन्द्रको चलअचल सम्पत्तिको यकिन तथ्यांक छैन । तैपनि, करिब एक अर्बको सम्पत्तिको अनुमान छ । पेरिसडाँडामा ६४ आना जग्गामा फैलिएको केन्द्रीय कार्यालयका दुईवटा भवन छन् ।

 

५६ आना जग्गा अखिल नेपाल ट्रेड युनियनको नाममा छ । धेरै जिल्लामा आफ्नै जग्गा र भवन पनि छ ।

 

दुवै पार्टीको स्वामित्वमा रहेको चलअचल सम्पत्ति अब नेपाल कम्युनिस्ट पार्टीको स्वामित्वमा आउने नेताहरूले बताएका छन् ।