काँग्रेस वरिष्ठ नेता पौडलको गर्जन : नेपालमा कम्युनिष्टको नाममा राज्यको ब्रह्मलुट

मिडिया डबली संवाददाता प्रकाशित : बुधबार, जेष्ठ २, २०७५

कालीकोट – नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडलले राष्ट्रको हित विपरीत क्रियाकलाप गरेर राष्ट्रवादी हुन नसकिने बताउनुभएको छ ।

 

नेपाली काँग्रेस कालीकोटको दोस्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले भन्नुभयो, “नेपालमा कम्युनिष्टको नाममा राज्यको ब्रह्मलुट गर्नेबाहेक अन्य काम हुन सकेन’’

 

नेता पौडेलले नेपाली काँग्रेसको प्रजातान्त्रिक समाजवाद भनेको निमुखालाई न्याय र विपन्नलाई आय भएको बताउँदै अहिले नेपाली काँग्रेस जनताका बीचमा गएर प्रजातान्त्रिक समाजवादको नारालाई व्यावहारिक रुप दिन लागिपर्न अनुरोधसमेत गर्नुभयो ।

 

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वशान्ति तथा पुन निर्माणमन्त्री हृदयराम थानीले नेपालमा काँग्रेसबाहेक अन्य कसैले विकास गर्न नसक्नेसमेत बताउनु भयो ।

 

नेपाली काँग्रेस कालीकोटका सभापति हर्षबहादुर बमले सिंहदरबारको अधिकार गाउँमा आउन नसकेको बताउनुभयो ।