अपराध महाशाखामा कनेक्शन र चलखेल नभई अभियुक्तले किन फोन गरे ?

मिडिया डबली संवाददाता प्रकाशित : मङ्लबार, जेष्ठ १, २०७५

काठमाडौं, १ जेठ – जिल्ला अदालत मोरङलाई सिधै बयान दिएका तत्कालिन अपराध महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीले सुनकाण्डका मुख्य अभियुक्त चुडामणि उप्रेती गोरेलाई पक्राउका लागि सबै योजना तयार पारेको बताएका छन् ।

उनले दाबीका साथ तत्कालिन कार्यबाहक प्रहरी प्रमुख बमबहादुर भण्डारीलाई जानकारी गराएर गोरेले हत्या गरेका सनम शाक्यको शव र उनको समुहलाई पक्राउको योजना बनाउन मोरङ प्रहरीसँग पनि समन्वय भइसकेको प्रमाण आफुसँग रहेको भन्दै अदालतमा पेस गरे ।

गोरेको लोकेश मोरङ भएका कारणले शवलाई मोरङ पुराएर मुख्य अभियुक्त पक्राउको योजना प्रहरीले बनाएको लोहनीको बयान र प्रमाणसँगै सफाई पाउनुपर्ने दाबी पनि छ । त्यसो भए के चहान्थे त लोहनी रु

केही सुरक्षा अधिकारीहरूका अनुसार लोहनी गोरेलाई ‘अन द स्पोट गोली ठोक्न’ चहान्थे । इन्काउन्टर गरी सुन तस्करीको सामान्य जालो भत्काउने तयारी लोहनीले गरेका थिए । तर, लोहनीको यो योजनाका धोकेबाज को भए रु अथवा गोरेले इन्काउन्टर हुनसक्ने अनुमान गरेर भाग्ने निर्णय लिएका हुन् त रु

लोहनीको अनुसन्धान टोलीको योजना र सबै खबर बारम्बार गोरेसम्म पुगिरहेको थियो । त्यतिमात्र नभएर प्रहरीले निरन्तर गोरेको फोनको रेस्पोन्स गर्नु र लास नगाड्नु व्यवस्थापनको जिम्मा लिन्छौं भनेर नाटकीय ढंगले प्रस्तुत भएकोप्रति गोरे अनभिज्ञ थिएनन् ।

उनको सुन पास गराउने खास प्रहरी अधिकारी श्याम खत्री र काका साइनो लगाइएका डिआइजी गोविन्द निरौलालाई पनि शाक्य हत्यापछि गोरेले सूचना दिएको हुनसक्ने अनुमान गरिएको छ । अनुसन्धान अधिकृतहरू भन्छन्,‘सबै कोणबाट गोरे फरार हुनुको कारण खोजिएको छ ।’

अपराध महाशाखासँग गोरेको कनेक्शन

९ जना प्रहरी अधिकारी ३८ क्विन्टल सुन तस्करी काण्ड र सनम शाक्य हत्याको अभियोगमा हिरासतमा छन् । अदालतमा थुनछेक बहस जारी छ । विमानस्थलका प्रहरी अधिकारीबाहेक सनम हत्याकै विषयमा मात्रै अपराध महाशाखाका तीन प्रहरी अधिकारी मुछिए ।

लोहनी, डिएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेल अपराध महाशाखाका प्रहरी अधिकारी हुन् । त्यसमध्ये गोरेको राम्रो कनेक्शन र बारम्बारको भेट सञ्जेलसँग हुने गरेको थियो ।

मृतक सनम शाक्यकी प्रेमिका निशा सेना ठकुरीको बयानलाई आधार मान्ने हो भने गोरेका खास सुराकी सञ्जेल नै थिए । छानविन समितिमा दिएको बयानमा निशाले सञ्जेलमार्फत गोरेलाई हरेक सूचना पुग्ने गरेको बताएकी थिइन् ।

निशाको बयानलाई आधार मान्ने र लोहनीको दाबीको पनि विश्लेषण गर्दा सञ्जेल गोरेसँगका समन्वयकारी र अपराध महाशाखा मिलाउने जिम्मेवारी लिएर घटनास्थलतिर लागेका थिए । लोहनीको योजनाका चाल पाएका सञ्जेलले नै गोरेलाई भाग्नका लागि सुराक दिएको हुनसक्ने अनुमान सहज गर्न सकिन्छ ।

त्यसो त बयानका क्रममा गोरेसँग पुरानो चिनजान भएको सञ्जेल आफैंले स्वीकार मात्र गरेका छैनन्, तस्करीका सुनका सम्बन्धमा पनि पटक–पटक उनको भेट भएको थियो । सञ्जेलले बयानमा गोरेलाई बेलामौका सुनको सुराकी दिने व्यक्ति भनी उल्लेख गरेका छन् । तर, एसएसपी लोहनीले अदालतको बयानमा सञ्जेलले गोरेलाई सुन तस्करको फोन भनी रिपोर्टिङ गरेको भनेका छन् ।

सञ्जेलले माथाहतका हाकीमलाई ‘तस्कर’ नै हो भन्ने किटान कसरी गरे रु किन उसलाई सुनबारे सुराकी दिने व्यक्ति भनेनन् । सुराक दिने गोरेले फोनमा ३३ किलो सुन हरायो भन्नासाथ सञ्जेलले कसरी उसलाई तस्कर भनी निक्र्यौल गरे रु एक अधिकारी भन्छन्,‘अपराध महाशाखाको संलग्नताबारे पूर्ण अनुसन्धान हुनेछ ।’