लेनिन जयन्तीको कार्यक्रममा लेनिनकै फोटो नआइ ओली र प्रचण्डको फोटो आएपछि हङ्गामा

मिडिया डबली संवाददाता प्रकाशित : आइतवार, बैशाख ९, २०७५

काठमाडौँ- लेनिन जयन्तीको अवसर पारेर एमाले र माओवादीले आइतबार संयुक्त सभा गर्दैछन् । पार्टी एकता गर्न लागेका दुई दलले संयुक्त रुपमा गर्न लागेको कार्यक्रमलाई शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् ।

 

 

तर, कार्यक्रम सुरु नहुँदै विवाद भएको छ । लेनिन दिवसको अवसरमा आयोजित कार्यक्रमको बोर्डमा लेनिनकै तस्वीर थिएन । कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ र एमाले नेताद्वय मनमोहन अधिकारी र मदन भण्डारीको मात्र तस्वीर थियो । साथै केपी ओली र प्रचण्डका ठूला तस्वीर थिए ।

 

लेनिन जयन्तीको कार्यक्रममा लेनिनकै फोटो नदेखिएपछि हलमा उपस्थित कार्यकर्ताले हंगामा गरेका थिए । कार्यकर्ताको लगातारको नाराबाजीपछि आयोजकले उक्त बोर्ड हटाएको छ ।