एमालेले गर्यो यस्तो खुलासा, प्रचण्ड परे डेन्जर जोनमा !

मिडिया डबली संवाददाता प्रकाशित : आइतवार, बैशाख ९, २०७५

काठमाडौं – एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले पार्टी एकता तत्कालका लागि माओवादी केन्द्रसँगको पार्टी एकताको विषय लम्बिएको टिप्पणी गरेका छन् ।

 

उनले भने, ‘पार्टी एकता वैशाख ९ गतेलाई पार्टी एकीकरण टरेको हो । केही आशंकाहरू बढेका हुन् । अब पार्टी एकता हुँदैन कि भन्ने खालका कुराहरू आएका छन् ।’

 

नेपाली रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उपाध्यक्ष ज्ञवालीले भने, ‘पुष्पकलम दाहाल प्रचण्डले संख्यामा बराबरी होइन । सम्मान जनक एकता चाहेका हौँ भनेर बारम्बार भनिरहनु भएको छ ।’ एकतापछिको नेतृत्वको बारेमा कहीँ कतै कसैसँग पनि सहमति नभएको ज्ञवालीले बताए ।

 

‘अहिले नै कसैलाई व्यक्तिगत रुपमा यो वा त्यो भन्न मिल्दैन, त्यो महाधिवेशनको अधिकारको कुरा हो’, उनले भने, ‘अहिले नै यो वा त्यो व्यक्तिलाई यसो उसो गर्नुपर्छ भनेर भन्यो भने एकताको पहिलो बाधक त्यहि व्यक्ति हुनेछ ।’

 

महाधिवेशनपछि प्रचण्डको अस्तित्व के हुने भन्नेमा एकता अड्कीएको हो रु भनेर सोधिएको अर्को प्रश्नको जवाफमा उपाध्यक्ष ज्ञवालीले भने, ‘एकअर्कालाई सक्ने खालको गतिविधि हुने र एकताको नाममा नेताहरूको अस्तित्व सक्ने खालको काम हुनु हुँदैन, कोही पार्टी कसै पार्टीमा विलय हुनु हुँदैन ।’

 

उपाध्यक्ष ज्ञवालीले एमाले–माओवादीका नेता कार्यकर्ताको सम्माजनक रुपमा जिम्मेवारी बाँडफाड गर्नतर्फ नेतृत्वलाई आग्रह गरेका छन् ।

 

‘धेरै कुरामा सहमति भयो, पार्टी एकताको लागि सहमति नहुने हुँदैन, दुईवटा अध्यक्षले कार्यकर्ता, जनताले अनुमोदन गरेको कुरालाई अध्यक्षले मिलान नसक्ने हुन्छ रु’, उनले भने, ‘आलोपालो पार्टीको नेतृत्व लिने र महाधिवेशनपछि उचित नेतृत्व चयन हुन्छ ।’