यसकारण एकता नहुने माअाेवादी बैठककाे निश्कर्ष !

मिडिया डबली संवाददाता प्रकाशित : आइतवार, बैशाख ९, २०७५

काठमाडौं – नेकपा माओवादी केन्द्रको आज बसेको बैठकले प्रतिशत तोकेर सम्मानजनक एकता हुन नसक्ने निश्कर्ष निकालेको छ ।

माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकमा अध्यक्ष प्रचण्डले एमालेसँगको एकतामा प्रतिशतका आधारमा कमिटि निर्माण नगर्ने बताएको हुन् ।

प्रतिशत तोकेर एकता गर्दा त्यसको मनोविज्ञान राम्रो नहुने भन्दै अध्यक्ष प्रचण्डले आफुले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीसँग यस विषयमा कुराकानी गरेको जानकारी दिएका थिए ।

माओवादी नेता देवेन्द्र पौडेलका अनुसार आजको बैठकमा ओलीसँग भएको संवादवारे प्रचण्डले विफ्रिङ गरेका थिए । आज दुई दलका शीर्ष नेताले एउटै मञ्चबाट एकताको सन्देश दिनुअघि माओवादी आन्तरिक छलफलमा जुटेको थियो ।

दुई पार्टीबीच नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको दिन अर्थात् आज एकता घोषणा गर्ने तयारी थियो । तर केही विषय नमिलेपछि एकता घोषणाको टरेको थियो । अर्को मिति निश्चित भएको छैन ।

त्यसैबीच प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली तथा माओवादी अध्यक्ष प्रचण्डले एउटै मञ्चबाट छिट्टै एकता घोषणा हुने सन्देश दिँदैछन् ।