ओलीको भाषणमा हास्दा हास्दै ढलेका जनप्रतिनिधि स्वास्थ्य शिविरमा मृत घोषित

जुम्ला – प्रधानमन्त्री केपी शर्मा ओलीको भाषण सुन्दासुन्दै एक जनाको मृत्यु भएको छ । प्रधानमन्त्री ओलीले ‘रारा–कर्णाली पर्यटन वर्ष–२०७५’ को उद्घाटनको क्रममा गरेको सम्बोधन सुन्दासुन्दै जुम्लाका एक जनप्रतिनिधिको मृत्यु भएको खबर आएको छ ।
जुम्लाको कनकासुन्दरी गाउँपालिका–७ का वडाध्यक्ष कालीबहादुर घर्ती कार्यक्रममै ढलेका थिए । प्रधानमन्त्रीले महोत्सव उद्घाटनको क्रममा सम्बोधन गरिरहँदा घर्ती ढलेका थिए ।
प्रत्यक्षदर्शी वीरबहादुर घर्तीका अनुसार प्रधानमन्त्रीको ब्याग्यत्मक भाषण सुनेर घर्ती सुरुमा हासेका थिए । उनले हासो रोक्न सकेका थिएनन् । हासो नियन्त्रण गरे तर लगत्तै उनी ढलेका थिए ।
नेकपा एमालेबाट निर्वाचित वडाअध्यक्ष घर्तीलाई बेहोस अवस्थामै नजिकै रहेको स्वास्थ्य शिविरमा उपचारको लागि लगिएको थियो । शिविरमा रहेका स्वास्थ्यकर्मीहरुले मृत घोषणा गरेका थिए ।
यदि घर्तीले भनेजस्तै कालिबहादुरको मृत्यु हाँस्दाहाँस्दै भएको हो भने प्रधानमन्त्रीको भाषण सुनेर मृत्यु हुने उनी पहिलो व्यक्ति हुनेछन् ।
मिडिया डबली डबली नेटवर्क्स प्रालि द्वारा संचालित तपाई हामि सबैको सुचना आदान प्रदान गर्ने साझा डबली हो। हामि मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामि समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाण को आधारमा लेख्नेछौ। तपाई पाठकहरुले दिएको सुझावनै हाम्रो प्रेरणाको स्रोत हो। तपाईलाई हाम्रो समाचार मन परेमा पढेर शेयर पनि गरिदिनु हुन आग्रह गर्दछौ।