भरतपुर-१० का वडाअध्यक्षलार्इ कालाेमाेसाे, विप्लव नेतृत्वकाे जनपरिषद्ले लियाे जिम्मेवारी

काठमाण्डौ– भरतपुर महानगरपालिका, वडा नं. १० का वडा अध्यक्ष अरुण ‘पीडित’ भण्डरीलाई हिजो नारायणगढ बजारमा दलिएको कालोमोसो आफुहरूले गरेको कारवाही भएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी चितवन जनपरिद्ले जनाएको छ ।
वडाअध्यक्ष भण्डारीलाई हिजो नारायणगढ बजारमा मोटरसाइकलमा आएका दुई जना कालोमोसो दलेर भागेका थिए । दुई हजार प्रतिशत कर वृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको, सेवाग्राहीबाट कमिसन लिने गरेको र कर सम्बन्धी बुझ्न गएका पत्रकारमाथि दुर्व्यवहार गरेको भन्दै जनकारवाही स्वरुप कालोमोसो दलेको जनपरिषद् चितवनले जनाएको छ ।
देशकै सबैभन्दा बढी कर वृद्धि गरेको भन्दै महानगरपालिकाकी मेयर रेणु दाहालको पनि आलोचना भइरहेको छ । दाहालकै प्रस्तावमा करवृद्धि भएको वडाअध्यक्ष भण्डारीले खुलासा समेत गरेका छन् ।
यसअघि पनि भ्रष्टाचारी, कमिसनमा नेकपाले चेतावनी स्वरुप कालोमोसो दल्दै आएको थियो तर जनपरिषद्कै नामबाट गरिएको यो पहिलो कारवाही हो ।
मिडिया डबली डबली नेटवर्क्स प्रालि द्वारा संचालित तपाई हामि सबैको सुचना आदान प्रदान गर्ने साझा डबली हो। हामि मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामि समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाण को आधारमा लेख्नेछौ। तपाई पाठकहरुले दिएको सुझावनै हाम्रो प्रेरणाको स्रोत हो। तपाईलाई हाम्रो समाचार मन परेमा पढेर शेयर पनि गरिदिनु हुन आग्रह गर्दछौ।