युरोपियन युनियनको निर्देशनमा गोली प्रहार, कम्युनिष्ट सरकारले क्रिश्चियनहरूलाई खुसी बनाउन रातारात गर्यो यस्तो निर्णय !

मिडिया डबली संवाददाता प्रकाशित : सोमवार, चैत्र २६, २०७४

काठमाडौं – कम्युनिष्ट प्रधानमन्त्री केपी ओलीले देशको कमाण्ड सम्हाले लगत्तै हिन्दू संघ, संस्था र धर्ममाथि प्रहार हुन थालेको छ । त्यति मात्रै होइन आइतबार बिहान हिन्दूवादी नेता आचार्य श्रीनिवासलाई गोली प्रहार भएको छ ।

विराटनगर महानगरपालिकाभित्र भएको गोली प्रहारले हिन्दूवादी संघ संस्था र हिन्दूधर्मालम्वीहरूलाई चिन्तित तुल्याएको छ । गोली प्रहारको जिम्मेवारी आदिवासी जनजाति समूहले लिएका छन् । उनीहरू क्रिश्चियन धर्म मान्नेहरू रहेको खुल्न आएको छ । आचार्य श्रीनिवासलाई गोली हानिएको स्थानमा भेटिएको पर्चाले पनि क्रिश्चियन मुभमेन्टमा लागेकाहरूले गोली हानेको पुष्टि हुन्छ । यो घटनाले कुनै पनि हिन्दू धर्म मान्नेहरू सुरक्षित छैनन् भन्ने देखाएको छ ।

हिन्दू धर्मविरुद्ध युरोपियन युनियनको आडमा पूर्वका जिल्लाहरूमा कथित मंगोल नेशनल अर्गनाइजेशन (आर्मी) नामक संगठन सलवलाएको छ । यो संगठनले चैत ८ गते विज्ञप्ति जारी गरेर हिन्दू धर्मविरुद्ध कारबाही चलाउने भन्दै क्रिश्चियन धर्मको पक्षमा अभिव्यक्ति दिएको थियो । त्यो अभिव्यक्तिलाई लिएर हिन्दूवादी संघ संस्थाले प्रधानमन्त्री केपी ओलीलाई भेटेर सुरक्षाको माग गरेका थिए ।

तर, ओलीले हिन्दू धर्म मान्नेहरूलाई सुरक्षा दिने भन्दा पनि हिन्दू धर्मसँग सम्बन्धी विदाहरू कटौती गरेर युरोपियन युनियन र क्रिश्चियन धर्म मान्नेहरूलाई खुसी बनाएका छन् । बाहिर चर्को कुरा गर्ने ओलीले दशैँ लगायतका हिन्दू धर्मसँग जोडिएका चाढ पर्वको बिदा किन कटौती गरे भनेर धेरैले प्रश्न उठाउन थालेका छन् ।

ओलीले बिदा कटौती गरेको तीन हप्ताभित्रै हिन्दूवादी नेतालाई विराटनगरमा गोली प्रहार भएको छ । कम्युनिष्ट शासनमा हिन्दूवादीहरूको सुरक्षा हुँदैन भन्ने कुरालाई यो गोली प्रहारको घटनाले संकेत गरेको विश्लेषण हुन थालेको छ ।

मंगोल नेश्नल अर्गनाइजेस (आर्मी)लाई युरोपियन युनियनले नै लगानी गरेको भनेर आरोप लागेको छ । हिन्दू धर्मलाई कमजोर बनाउन युरोपियन युनियनले आदिवासी जनजाति र गरिव जनतालाई आर्थिक प्रलोभनमा पारेर क्रिश्चियन धर्मलाई बढावा दिइरहेको छ । बुद्ध धर्म मान्नेहरूलाई क्रिश्चियनहरूले धेरै नोक्सान पुगाएको छ । यसले गर्दा हिन्दू र बुद्ध धर्मप्रति युरोपियन युनियनको ठूलो विस्तृष्ण रहेको देखाएको छ ।

आचार्य श्रीनिवासलाई गोली प्रहार पनि युरोपियन युनियनकै संरक्षणमा हान्न लगाएको आरोप लागेको छ । यस विषयमा युरोपियन युनियनले मुख खोलेको छैन ।

हुन त केही दिन अगाडि युरोपियन युनियनले नेपाल सरकारलाई दिएको निर्वाचन पर्यवेक्षणसम्बन्धी प्रतिवेदनमा जनजातिहरूलाई उचालिएको थियो । क्षेत्री बाहुनलाई आरक्षणबाट हटाउन मात्रै युरोपियन युनियनको प्रतिबेदन रहेको थियो । यसले पनि के देखाउँछ भने हिन्दूहरूलाई निमूर्ल पार्न हरेक ठाउँमा प्रहार गर्नुपर्ने कानूनका लागि दवाव क्रिश्चियनहरूको छ ।