ओलीको ‘राष्ट्रवादले हावा खायो’ यस्तो छ खतरनाक खुलासा !

मिडिया डबली संवाददाता प्रकाशित : आइतवार, चैत्र २५, २०७४

काठमाडौं । चीनमा आइतबारदेखि बोआओ फोरम फर एसिया सम्मेलन सुरु भएको छ । तर, सम्मेलनको पहिलो दिन नेपालकातर्फबाट राष्ट्र प्रमुख वा सरकार प्रमुखको सहभागिता भएन । सम्मेलन चैत २८ गतेसम्म चल्ने भएकाले सहभागिताकाे सम्भावना अझै जीवित छ । तर, परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालको कुरा सुन्ने हो भने, सहभागिताकाे कुरा त परै जाओस्, सहभागिताको निर्णयसम्म भएको छैन ।

प्रधानमन्त्री आफै सहभागि हुने कुरा थियो त ? उनले हाँस्दै उल्टै प्रतिप्रश्न गरे हामीलाई त केही भन्नु भा छैन के तपाईहरुलाई भन्नु भाथ्यो र ? पछि आफैले सरी पनि भने । अनि फेरि हाम्रो जिज्ञासाः यो सम्मेलनको सहभागिता नेपालका लागि कति महत्वपूर्ण हो ? जवाफमा उनले भने, ‘त्यो त थाहा छैन ।’ सहभागिताका लागि निर्णय भने भएको छैन, उनले भने । प्रधानमन्त्री जाने भन्ने कुरा बाहिर बाहिरै भएको हो । बोआओमा बीचबीचमा जाने गरिएको थियो, उनले भने, ‘नियमित  सहभागिता भएको देखिँदैन ।’

यत्ति सुनेपछि कुरा प्रष्ट भइहाल्यो, नेपालको उच्च तहबाट बोआओमा सहभागिता नहुने रहेछ भन्ने कुरा । अहिले कार्यकारी भूमिकामा वामपन्थी मोर्चा हाँकिरहेका केपी ओली नै छन् । अघिल्लो कार्यकालमा उनले बोआओ सम्मेलनमा सम्बोधन गरेका थिए ।

यो पल्ट, उनी बोआओको तयारी गर्ने बेलामा भारतको राजकीय भ्रमणमा व्यस्त भए । के हो, बोआओ ? नेपालका लागि कति महत्वपूर्ण छ यो सम्मेलन ? परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठ भन्छन्, ‘यो नाफारहित संगठन हो । त्यति मात्रै होइन यो महादेशीय विकास फोरम हो । यो नेपालका लागि निकै महत्वपूर्ण थियो । यो सम्मेलनमा एसियाका अधिकांश राष्ट्रका राष्ट्र प्रमुख सहभागि भएका छन् ।’ यो छुटाउनै नहुने थियो । तर, उनले राजदूत त सहभागि होलान् नि ! भने ।

उनले अगाडि भनेका छन्, ‘छुटाउनै नहुने अर्को कारण पनि छ । यो सम्मेलन चिनियाँ राष्ट्रपति सी जीनपीङ ‘महाशक्तिशाली’ भएको बेला हुँदैछ । नेपाल छुट्नु हुँदैन थ्यो । मोदीका लागि बोआओ छोड्नु पर्ने भो ।’ मोदीको मायाजालमा पर्नु भो,,, श्रेष्ठले हाँस्दै भने । बोआओ सन् २००१ देखि अस्थित्वमा आएको थियो ।

प्रधानमन्त्री भारत भ्रमणमा जानु अघि विश्लेषक डा. सुरेन्द्र केसीले भारतले नेपाललाई आफ्नो पञ्जाबाट फुत्किन नदिन र नेपालमा चिनिया गतिविधि बढ्न नदिन ओलीलाई बढी महत्व दिएको बताएका थिए ।

नभन्दै उनले भनेका केही कुराको पर्दा उघ्रिएको छ । नेपालमा चिनिया गतिविधि बढेको भन्दै भारत सशंकित भएको कुरामा केही हदसम्म सत्यता रहेको बताउँछन् परराष्ट्र मामिला विज्ञ डा. जयराज आचार्य ।

उनले दुवै छिमेकीसँग निकटताको नभई सन्तुलनको सम्बन्ध हुनु पर्ने समेत बताएका छन् । ओलीको भारत भ्रमणअघि निकै चर्चा भएको थियो । पहिले चीनको भ्रमण हुन्छ । त्यति मात्रै होइन अब हामी भारत जाने होइन, भारतीय प्रधानमन्त्री नेपाल आउने हो । अब उताबाट पहिले भ्रमण हुन्छ, समेत भन्न भ्याए वामपन्थी नेताहरुले । त्यति मात्रै होईन । चिनियाँ राष्ट्रपति सीको भ्रमण समेत हुन्छ, भने । अब सीलाई नेपाल ल्याउन मुस्किल पर्ने छ ओलीलाई । केही टिक्पणीकारहरुले ओठ बजाईसकेका छन्, ठिक्क पर्‍यो भन्दै ।

ओली प्रधानमन्त्री हुनुअघि नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विशेष दूतका रुपमा पठाएकी सुष्मा स्वराजले नै ओलीको नाडी छाम्न भ्याइसकेकी थिइन् भन्छन्, कतिपय जानकारहरु । उनीहरुले यो अड्कल पनि काटेका छन् कि, ओलीले आफ्नो अडानका केही कुरा त्यही चुहाइहाले । अहिले उनले पहिलो

विदेश भ्रमण भारतबाट नगरी सुखै भएन । बिचमा पार्टी एकताको ओईरो हालेर पीठोमा कलर दिन खोजेकै हुन् । तर, परिकार भनेजस्तो पाकेन । आखिरमा हकिगत त्यही थियो, भारतले अगाडि नै नाडी छामिसकेको थियो । भयो पनि त्यही । उनलाई बोआओको उद्घाटन शत्रबाट विमुख गराईदियो भारत भ्रमणले ।यहाँ ओलीप्रति पूर्वाग्रह राख्न खोजिएको हुँदै होइन । कुरा प्रष्ट छ, ओलीको भारत भ्रमणका बेला भारतीय सञ्चारमाध्यम मार्फत गन्ध बाहिर आईहाल्यो । चीनले जलविद्युत् आयोजना बनाए पनि भारतले त्यो विजुली खरिद गर्दैन भनेर । हावा नचलि पात हल्लिँदैन भन्या जस्तो, कुरा क्लियर छ ।

अब कुरा बोआओ कैः, नेपाल चीनको बेल्ट एण्ड रोड इनिसियटिभमा सहभागि छ । तर, त्यसको औपचारिकताबारे कुरा गर्ने सुवर्ण अवसर थियो ओलीलाई बोआओ सम्मेलन । यदि उनी बोआओमा सहभागि भएर भारत गएको भए । पहिले चीन गएकै ठहरिन्थ्यो अर्थात् राष्ट्रियतामा उनले राखेको अडानको उचाई अझ बढ्ने पक्का थियो ।अझै पनि उनलाई बोआओ पुग्ने अवसर छ । तर, अब उनको सहभागिता औपचारिकता मात्रै हुनेछ । कारण, परराष्ट्रविद् श्रेष्ठको भनाई बाटै प्रष्ट हुन्छ । चिनिया राष्ट्रपति सी निकै शक्तिशाली भएपछिको सम्मेलन थियो, यो पल्टको बोआओ । ता कि अब उनी अनन्तकालसम्म राष्ट्रपति हुन् । यही बेला भेट्नसक्नु ओलीका लागि ठूलो सफलता थियो भन्छन्, जानकारहरु । ओलीको कद अझै अग्लो हुनबाट रोक्न सफल भएकोतर्फ पनि चिन्ता छ, जानकारहरुको ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली अजरबैजानको राजधानी बाकुमा असंलग्न राष्ट्रहरूको मन्त्रीस्तरीय बैठकमा सहभागी हुन गए । तर, फर्किएर फेरि भारतमा रहेको भ्रमण टोलीमै मिसिए । चीनतिर ध्यान गएन । परराष्ट्रमामिलाका विज्ञ डा. जयराज आचार्यले भने जस्तो पनि कहाँ भयो र ? नजान्नेहरुले भनेकै जस्तो भयो, ‘समदुरीको सम्बन्ध र निकटताको सम्बन्ध ।’ डा. आचार्यले यो दुवै नजान्नेहरुले प्रयोग गर्ने सम्बन्ध हो भनेका थिए । उनले सम्बन्ध भनेको सन्तुलनको हुन्छ भनेका थिए । खै त सन्तुलनको सम्बन्ध ? ओली यहाँ नराम्ररी चिप्लिएका छन् ।

स्वतन्त्र तिव्वत पक्षधर ग्यालसेनसँग भेट्नुको अर्थ के ?
चीनले नै नेपालका कम्युनिष्टलाई एक बनाउने प्रयास गरेको हो । यो प्रयास सफल भएरै प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा वाम गठबन्धनले सफलता हासिल गरेको भनिन्छ । यहिबीचमा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुँदैछ । यस्तै, प्रधानमन्त्री ओलीले स्वतन्त्र तिव्वत पक्षधर मास्टर कर्मा तन्पाइ ग्यालसेनसँग भारतस्थित नेपाली दुतावासमै भेटेको खुलासा भएको छ ।भारत भ्रमणमा रहेका प्रधानमन्त्री ओलीलाई ग्यालसेनले स्वागत गर्ने क्रममा दुतावासमै भेटेको तस्विरसमेत सार्वजनिक भएको छ ।

यसले चीन रिसाउनेतर्फ शंका बढाएको छ । सीमाविद् वुद्धिनारायण श्रेष्ठको कुरा मान्ने हो भने, चीनले नेपालबाट चीन विरोधी कुनै पनि गतिविधि नहोस् भन्ने सुनिश्चितता संरचनागत रुपमा चाहेको छ । नभए अहिलेसम्म तातोपानी नाका बन्द हुनुको कारण सरकारले किन सोध्न सक्दैन ? उनी प्रष्टसँग भन्छन्, चीनले नाकामा चीन विरोधी गतिविधि गर्नेमाथि निगरानी राख्ने नेपालका तर्फबाट सुरक्षासहितको सरकारी संयन्त्र स्थापना गर्न भनिरहेको छ । तर, नेपालका सरकार प्रमुख वा दलका नेताहरुले एक चीन नीतिप्रति प्रतिवद्ध छौँ मात्रै भनिरहेका छन् । उसलाई त्यो कुरा लिखित, व्यवहारिक र संरचनागत रुपमा चाहिएको छ । ओली साँच्चै राष्ट्रवादी हुन् भने उनले यि कुरा किन बुझ्दैनन् । या बुझेर कुरा लुकाईरहेका छन् ? भारत विरोधी स्वर मच्चाएर किन कन्फ्यूजन पारिरहेका छन् ?