केपी ओली भारत माधव कुमार नेपाल चीनमा, हैन के हुदै छ गठबन्धनमा ?

मिडिया डबली संवाददाता प्रकाशित : आइतवार, चैत्र २५, २०७४

काठमाडौं – नेकपा (एमाले)का विदेश मामिला विभाग प्रमुख तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल चीन प्रस्थान गरेका छन्।

फर्स्ट सांघाई को-अपरेसन अर्गनाइजेसन (एससीओ) पिपुल्स फोरमद्वारा सियानमा आयोजना हुने ‘प्रोमोटिङ रिजनल पिसः ज्वइन्ट्ली बिल्डिङ अ कम्युनिटी अफ सेयर्ड फ्युचर फर म्यानकाइन्ड’ मा भाग लिन नेता नेपाल चीनतर्फ गएका हुन्।

पूर्वप्रधानमन्त्री नेपालले त्यहाँ ‘एड्भान्सिङ स्ट्राटेजिक को-अर्डिनेसन फर सेयर्ड डेभ्लपमेन्ट एन्ड एक्स्प्लोरिङ रिजनल को-अपरेसन’का विषयमा बोल्नेछन्। कार्यक्रममा नेपाल, चीन, कम्बोडिया, भारत, श्रीलंका, पाकिस्तान र टर्कीका नेताहरुको सहभागिता रहनेछ।

पूर्वप्रधानमन्त्री नेपालका साथमा नेकपा (एमाले) का केन्द्रीय अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहरा र सदस्य शिव भण्डारी पनि सहभागी छन्। चारदिने भ्रमणपछि नेता नेपाल स्वदेश फर्किने कार्यक्रम छ।