गाईको संरक्षणका निमित्त लागेका नेतामाथि गोलि प्रहार भएपछी कांग्रेश युबा नेता ठाकुरले दिए यस्तो काउन्टर जबाफ

मिडिया डबली संवाददाता प्रकाशित : आइतवार, चैत्र २५, २०७४

काठमाडौँ- गाई संरक्षण तथा हिन्दू धर्मको पक्षमा काम गर्दै आएका श्री निवासाचार्यमाथि गोली प्रहार भएको छ ।

 

आइतबार बिहान करिव २ बजे श्री निवासाचार्यमाथि विराटनगरमा गोली प्रहार भएको हो । विराटनगरस्थित एक मन्दिर परिसरभित्रै उनलाई गोली प्रहार भएको स्रोतले जनाएको छ ।

 

मोटर साइकलमा आएका दुईजनाको समूहले श्री निवासाचार्यमाथि गोली प्रहार गरेर भागेको प्रत्यक्षदर्शीले बताएका छन् । गोली प्रहारको जिम्मेवारी कसैले लिएको छैन । गाई हत्याको माग चलिरहेका बेला गो रक्षाको अभियान चलाएका हिन्दूवादी नेता श्री निवासाचार्यमाथि गोली प्रहार भएको छ ।

 

श्री निवासाचार्यलाई गोली प्रहार गर्ने समूहलाई पक्राउ गरेर तत्काल कारबाही गर्न हिन्दूवादी संघ संस्थाले माग गरेका छन् ।

 

कांग्रेसका  हिन्दूवादी युवा नेता विकास ठाकुरले हिन्दू धर्मलाई आक्रमण गर्न श्री निवासाचार्यमाथि गोली प्रहार भएको आरोप लगाए । उनले दोषीलाई हदैसम्मको कारबाही गर्न माग गरेका छन् ।