ओली सरकारमा आइलाग्यो यस्तो संकट, माओवादी मन्त्रीहरूको रातारात गोप्य भेला !

मिडिया डबली संवाददाता प्रकाशित : आइतवार, चैत्र २५, २०७४

काठमाडौं –भारत भ्रमणमा रहेका बेला प्रधानमन्त्री केपी ओली भारत भ्रमणमा गएका बेला माओवादीका मन्त्रीहरुले गोप्य बैठक गरेका छन् ।

 

शुक्रबार राति पुल्चोकस्थित गृहमन्त्रीको क्वार्टरमा मन्त्रीहरुको गोप्य बैठक चलेको हो ।  गुहमन्त्री राम बहादुर थापाको नेतृत्वमा बसेको बैठकमा प्रधानमन्त्री ओलीले रातारात सचिवहरुको सरुवा गरेकामा आक्रोस व्यक्त गरेको बताइएको छ ।

 

आफूहरुलाई कुनै जानकारी नै नदिई गृहसचिव सुरुवा गरेर प्रेम राईलाई नयाँ गृहसचिव बनाएको भन्दै गृहमन्त्री थापाले ओलीविरुद्ध आक्रोश पोखेका थिए ।

 

राति ९ बजेदेखि १२ बजेसम्म बसेका माओवादी मन्त्रीहरुले प्रधानमन्त्री ओलीले सरकार सञ्चालनमा एकलौटी गरिरहेको भन्दै उनी भारतबाट र्फकनासाथ ‘अब्जेक्सन’ जनाउने निर्णय गरेको स्रोतले जनाएको छ ।

 

प्रधानमन्त्री ओलीले भारत जाने बेलामा क्याबिनेटको बैठकै नराखी गलत प्रक्रियाबाट सचिवहरुको सरुवा गरेको माओवादी मन्त्रीहरुको आरोप छ  क्याबिनेटले गरेको निर्णय भन्दै सचिवको सरुवा गरिए पनि बैठकै नडाकी यस्तो कार्य गर्नु गलत परम्परा भएको माओवादी मन्त्रीहरुको गुनासो छ ।

 

गृहमन्त्री बादलले बोलाएको बैठकमा मात्रिका यादव र गिरिजामणि पोखरेल भने सहभागी थिएनन् । पोखरेल शिक्षा मन्त्रालयको कार्यक्रममा धुलिखेलमा थिए भने यादव केपी ओलीसँगै दिल्ली गएका छन् ।

 

यसैबीच शनिबार बिहान गृहमन्त्री थापाले प्रचण्डनिवास खुमलटार पुगेर माओवादी अध्यक्ष प्रचण्डसँग पनि छलफल गरेका छन् । प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई कुनै जानकारी नै नदिई सचिवहरुको सरुवा गरेको विषयमा प्रचण्डले प्रधानमन्त्री भारतबाट फर्केपछि कुरा गर्ने आश्वासन दिएको बताइएको छ ।

 

केपी ओलीको यस्तो एकलौटी शैलीले पार्टी एकतामा समेत असर पार्न सक्ने माआवादी नेताहरुको बुझाई छ । जेहास प्रधानमन्त्री ओली नेपाल फर्के पछि क्याविनेटमा यस विषयमा कुरा उठ्ने निश्चित छ ।