आइजिपी नियुक्तीबारे गृहमन्त्री राम बहादुर थापाले चितवन पुगेर यस्तो गरे सनसनी पूर्ण खुलाशा

मिडिया डबली संवाददाता प्रकाशित : शनिबार, चैत्र २४, २०७४

चितवन– सरकारले गर्ने प्रहरी प्रमुख आइजिपी नियुक्ती विवादित नहुने गृहमन्त्री रामबहादुर थापाले बताएका छन् ।

आज भरतपुर विमानस्थलमा प्रेस चौतारी चितवन र प्रेस सेन्टर चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री थापाले अहिलेको सरकारले वैज्ञानिक , नियमसंगत र निश्चित प्रक्रिया अनुसार आइजिपी नियुक्ती गर्ने दाबी गरे ।

 

उनले प्रक्रिया पुरा गरेर , नियमसंगत गर्दा पहिलाको जस्तो कुनैपनी विवाद नआउने प्रष्ट पार्नुभयो । नेपाल प्रहरीको आइजिपी प्रकाश अर्याल यही चैत २८ गते अनिवार्य अवकाश प्राप्त गर्दैछन् ।

 

उनीसँगै आहिलेका १५ एआइजी पनी अवकाश पाउदैछन्। नेपाल प्रहरीका एकजना डिआइजीलाई सरकारले आईजिपीमा नियुक्ती गर्नेछ । आइजिपीका दावेदारहरु मध्य सर्वेन्द्र खनाल , रमेश खलेल र पुष्कर कार्कीको नाम बढी चर्चामा रहेको छ ।