संयुक्त पत्रकार सम्मेलनमा मोदीले भने: काठमाडौँ-भारत रेलमार्ग निर्माणमा सहमति भयो

नया दिल्ली- भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको राजधानी काठमाडौँलाई भारतसँग जोड्ने रेलमार्गको विकास गर्ने द्विपक्षीय सहमति भएको बताएका छन्।
दुई प्रधानमन्त्रीको संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय बन्दरगाह नेपालले प्रयोग गर्दा सगरमाथाको देशलाई सागरसँग जोडिने बताए।
भारतको विकासका लागि आफ्नो ‘सबका साथ, सबका विकास’ र ओलीले नेपालमा ल्याएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा एकअर्काको पूरक रहेको पनि मोदीले बताए। सबै कनेक्टिभिटी परियोजनालाई गति दिने निर्णय गरेको पनि उनले बताए।
प्रधानमन्त्री मोदीले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले आफू तीव्र आर्थिक विकासका लागि आफ्नो बोल्ड भिजनका बारेमा जानकारी दिएको भन्दै उनले भारत नेपालको आर्थिक विकासका लागि सहयोग गर्न तयार रहेको बताए।
नेपालले ऐतिहासिक रुपमा तीन तहको निर्वाचन सम्पन्न गरेको भन्दै प्रधानमन्त्री मोदीले चुनाव सम्पन्न हुनु नेपालका लागि ठूलो उपलब्धि भएको बताए।
भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीमा मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम प्रोडक्सन पाइपलाइन उद्घाटन गरेका छन्।
मिडिया डबली डबली नेटवर्क्स प्रालि द्वारा संचालित तपाई हामि सबैको सुचना आदान प्रदान गर्ने साझा डबली हो। हामि मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामि समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाण को आधारमा लेख्नेछौ। तपाई पाठकहरुले दिएको सुझावनै हाम्रो प्रेरणाको स्रोत हो। तपाईलाई हाम्रो समाचार मन परेमा पढेर शेयर पनि गरिदिनु हुन आग्रह गर्दछौ।