गृहमन्त्री रामबहादुर थापाले विप्लबलाई दिए यस्तो चुनौती

मिडिया डबली संवाददाता प्रकाशित : शनिबार, चैत्र २४, २०७४

काठमाडाैँ– विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको गतिविधी राजनितिक नभएको  गृहमन्त्री रामबहादुर थापाले  बताएका छन् ।

 

संविधान र कानुन विपरितको गतिविधी राजनितिक नभइ अतिवाद भएको भन्दै त्यस्तो गतिविधी सरकारले नियन्त्रण गर्ने उनले स्पष्ट पारे । भरतपुर बिमानस्थलमा आज प्रेस चौतारी चितवन र प्रेस सेन्टर चितवनले संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री थापाले हिंसात्मक गतिविधीलाई नियन्त्रण गर्ने जिम्मेवारी गुहमन्त्रालयको भएको र आफुहरुले त्यो काम गरिरहेको दावी  गरे ।

 

मन्त्री भएपछि पहिलो पटक चितवन आएका माओवादी केन्द्रका नेता एवम् गृहमन्त्री थापाले चितवनको बिकासको नेतृत्व पुष्पकमल दहाल प्रचण्डले लिनुभएको र त्यसमा आफुले  पनि सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

 

त्यस्तै उनले नेपालमा नयाँ कम्युनिष्ट पार्टीको जन्म हुन थालेको बताए । नेकपा एमाले र माओवादी केन्द्रबिचको पार्टी एकताको लागी कर्यदलले प्रतिवेदन बुझाइसकेको र बैशाखको दोश्रो साताभित्र नयाँ पार्टी गठन हुने प्रष्ट पारे ।