श्वेतपत्रमा हुनुपर्ने गुण नै नभएकोले डा. महत द्वारा अर्थमन्त्रीलाई दिए यस्तो च्यालेन्ज

मिडिया डबली संवाददाता प्रकाशित : सोमवार, चैत्र १९, २०७४

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. रामशरण महतले अर्थमन्त्री डा. युवराज खतिवडाले जारी गरेको श्वेतपत्रको कडा रुपमा आलोचना गरेका छन् ।

आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै उनले अर्थमन्त्री अतिवडाले ल्याएको श्वेपत्र श्वेतपत्रमा हुनुपर्ने कुनै गुण नभएको खालको भएको टिप्पणी गरे ।

“श्वेपत्रमा हुनुपर्ने गुण नै छैन,” डा. महतले भने, “नराम्रा कुराहरु मात्रै अघि सारेर देखाउन खोजियो । सकारात्मक पक्ष दबाइयो । अर्थमन्त्रीको प्रोफेसनालिज्म देखिएन । काठमाडौंको तस्बिर देखाउनुपर्यो भने फोहोर मात्रै देखाउन खोजिएजस्तो श्वेतपत्र ल्याइयो ।”

अहिले तथ्यांक खराब देखाएर पछि आफूले यति गरेँ भनेर देखाउन यस्तो ल्याइएको डा. महतको भनाई थियो । “यो श्वेतपत्र होइन, रेडपेपरजस्तो देखियो,” उनले भने ।