ओलीले प्रचण्डलाई टक्कर दिदै भने : धेरै हातारो गर्ने भए पार्टी एकता हुदैन

मिडिया डबली संवाददाता प्रकाशित : सोमवार, चैत्र १९, २०७४

काठमाण्डौ– प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकता हतारोका साथ जसरी पनि गर्नै पर्छ  भन्ने  नभएको टिप्पणी गरेका छन्।

सोमबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित एक कार्यक्रममा उनले सो कुरा बताएका हुन्।

कार्यक्रममा बोल्दै उनले भारत भ्रमण अगाडि पार्टी एकता गर्ने प्रयास भइरहेको जानकारी दिएका छन्।

उनले तुरुन्तै पार्टी एकताबद्ध  नहुने पनि बताएका छन्।

‘भारत भ्रमण भन्दा अगाडि कि पछाडि, सके कि सकेनन्, किन ढिला भयो? भन्ने प्रश्न उठेका छन्’, ओलीले भने, ‘यो प्रक्रियाबाट हुने कुरा हो। अगाडि पनि हुनसक्छ। पछाडि पनि हुनसक्छ। एकदम हतारोका साथ जसरी पनि भन्ने पनि होइन। ढिला गर्ने विषय पनि होइन।’

उनले उपयुक्त समयमा देशको विकासका लागि लोकतन्त्र र सामाजिक लोकतान्त्रलाई अगाडि बढाउन एकता गर्ने बताए।

प्रधानमन्त्री ओलीले राष्ट्रिय एकताका साथ विदेशीसँग पारस्परिक सहयोगी सम्बन्ध बनाउने दाबी गरे।

‘हाम्रो विकासका क्रममा छिमेकी मित्रलाई साथमा लिएर अगाडि बढ्छौँ। देशको पूँजी लगानी गर्छौं’, ओलीले भने।