प्रचण्डका बहिनी ज्वाइँले किन दिए उद्योगमन्त्री मातृकालार्इ यस्तो दबाब

मिडिया डबली संवाददाता प्रकाशित : बुधबार, फाल्गुन ३०, २०७४

काठमाडौं– अघिल्लो दिन त्यही मान्छे ‘मन्त्रीज्यू, बधाई’ भन्दै हात मिलाउन आउँछ, भोलिपल्ट शुभकामना टक्र्याउँछ । यस्तै मान्छेबाट आजित छन् उद्योगमन्त्री मातृका यादव ।

डरलाग्दो तथ्यचाहिँ के भने ग्यास उद्योगी उही, ट्यांकर व्यवसायी पनि उही ।

यसरी एउटै मान्छेको हातमा ताला चाबी हुँदा भोलि यिनीहरूको सिण्डिकेट कस्तो होला ?

अघिल्लो दिन पेट्रोलियम डिलर्स एशोसिएसनको प्रतिनिधित्व गर्दै विश्व अर्यालहरू मन्त्री मातृकालाई बधाई दिन पुगे ।

भोलिपल्टै तिनै व्यक्ति ट्यांकर व्यवसायीको प्रतिनिधित्व गर्दै सिंहदरबारमा झुल्किए ।

विश्वजस्तै मनोज दासहरू ग्यास उद्यमीको तर्फबाट भोलिपल्टै ट्यांकर व्यवसायीको भीडमा मिसिई बधाई दिन पुगे ।

प्रचण्डका बहिनी–ज्वाइँ गोकुल भण्डारी ग्यास उद्यमीको प्रतिनिधित्व गर्दै मन्त्री यादवलाई बधाई दिन पुगेका हुन् । उनीहरूले पाँच वर्षदेखि ग्यासको कमिसन नबढेकाले तत्काल बढाउनुपर्ने माग तेस्र्याएका थिए ।

उद्योग वाणिज्य महासंघबाट भवानी राणाको टोलीले पनि कालोबजारी ऐन हटाउन आग्रह ग-यो ।

पार्टी झण्डै एक भइसक्यो तर अघिल्लो दिन माओवादीनिकट कर्मचारीको एक हुल, भोलिपल्टै एमालेनिकट कर्मचारीको जत्था मन्त्रीलाई बधाई दिन पुगेको समाचार आजको जनआस्थामा छ । यस्तै कारण तनावमा परेका उनले तिक्तता पोख्दै भनेका छन्, ‘अहिले भीडभाड गरेर बधाई दिन्छन्, काम गर्न दिँदैनन् । भोलि यिनै मान्छे मन्त्रीले कामै गरेन भनेर गाली गर्छन् ।’

घुँडाका रोगी मातृका यादवका लागि कार्यकक्ष छुटाइयो तल्लो तलामा । तर, ट्वाइलेट गन्हाएर बसिसाध्य भएन । भोलिपल्टै सचिवलाई कार्यकक्ष खाली गर्न लगाएर माथिल्लो तलामा सरेका छन् । त्यहाँ दुर्गन्ध त छैन तर कार्यकक्ष साँघुरो छ । ३१ बाट मन्त्रालयको संख्या १७ मा झरेको छ ।

कतिपय मन्त्रालय अस्तित्वमै रहेनन् यद्यपि सचिवहरूलाई भने यथावत राखिने भएको छ । जस्तो अहिले एउटै अर्थ मन्त्रालयमातहत शंकर अधिकारी र शिशिर ढुंगानालाई दिएकै शैलीमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय गाभिएर एउटै मन्त्रालयमा तीनै सचिव रहनेछन् ।