देश बदल्न ‘बौलाहा’ चाहिएको छ : मन्त्री यादव

मिडिया डबली संवाददाता प्रकाशित : सोमवार, फाल्गुन २८, २०७४

काठमाडौं – उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका यादवले देशलाई विकास गर्नका लागि ‘बौलाह’ आवश्यक रहेको बताएका छन् ।

घरेलु तथा साना उद्योग महासंघको २४ औँ वार्षिक साधारणसभा तथा २१ ऋौँ राष्ट्रिय महिला उद्यमी सम्मेलनको काठमाडौंमा उद्घाटन गर्दै मन्त्री यादवले अब देशलाई विकास तथा आर्थिक समृद्धि चाहिएको र त्यसका लागि ‘बौलाह’ को खाँचो रहेको बताए ।

उनले भने, ‘देशलाई राम्रो गर्नका लागि बौलाउनु पर्छ । बौलाह दुई प्रकारका हुन्छन्, एक मानसिक र अर्को ट्रेण्ड भन्दा फरक जाने । देशको समृद्धिका लागि ट्रेण्ड भन्दा फरक भएर हिँड्ने बौलाहको खाँचो छ ।’

मन्त्री यादवले देशलाई विकासको बाटोमा लैजानका लागि भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताको नीति अपनाउने सरकारले जनाएको छ ।

देशको विकासका लागि स्थानीय उद्योगलाई गति दिनु पर्ने बताए । उनले भने, ‘हामीले जनताको पक्षमा काम गर्नु पर्छ । त्यसका लागि तत्पर छौँ ।’

यस्तै कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडाले आर्थिक कुतनीति ल्याएर घरेलु तथा साना उद्योगको विकासका लागि काम गर्ने बताए । उनले भने, ‘साना उद्योगको विकासका लागि निर्यातमा अनुदान तथा नेपालमा उत्पादित बस्तुलाई सर्टिफिकेट गरिने छ ।’

आन्तरिक पूँजीलाई उत्पादनमुलक क्षेत्रमा लगाउने र अन्तर्राष्ट्रिय बजामार पूँजी प्रवेश गराएर पनि तरलता समस्या समाधान गरिने अर्थमन्त्री खतिवडाले बताए ।

नेपाली उत्पादनको प्रचारप्रसारका लागि सरकारले पहल गर्ने पनि उनले बताएका छन् । रोजगार सिर्जनाका लागि सना तथा मझौला उद्योगको भूमिका महत्वपूर्ण रहेकाले सरकार त्यसको संरक्षण तथा बिस्तारमा लागेको उनको भनाई छ ।

देश संचारबाट