कांग्रेसले राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी नदिने, प्रबक्ता शर्माले दिए यस्तो कारण

मिडिया डबली संवाददाता प्रकाशित : सोमवार, फाल्गुन २८, २०७४

काठमाडौँ – प्रतिनिधि सभा सभामुखमा उम्मेदवारी नदिएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय सभा अध्यक्षमा पनि उम्मेदवारी नदिने भएको छ।

 

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रिय सभा विद्वत र विज्ञहरुको सभा भएकोले त्यसको गरिमा अभिवृद्धिका लागि निर्विरोध अध्यक्ष चयन गर्न मार्गप्रशस्त गर्ने बताए।

 

‘राष्ट्रिय सभा संघकै मुख्य हिस्सा हो। त्यसैले प्रतिस्पर्धाकै लागि प्रतिस्पर्धा गर्नुभन्दा प्रतिनिधि सभामा जस्तै हार्दिकता, सौहार्दता प्रदर्शन गर्दै हामी उम्मेदवारी नदिने निष्कर्षमा पुगेका छौं’, प्रवक्ता शर्माले भने।

 

५९ सदस्यीय राष्ट्रिय सभामा कांग्रेसका १३ जना सांसद छन्।